www.tandavnews.com
Fact ~ In search of truth

सञ्चारकर्मी परशुराम अधिकारीको मनपेट साट बजारमा

पोखरा ।
सञ्चारकर्मी परशुराम अधिकारीको नयाँ लोक दोहोरी गिती एल्वम मनपेट साट बजारमा आएको छ । परशुराम अधिकारीको लय शब्द र स्वरमा निर्मित उक्त गिती एल्वममा तुलसा क्षेत्रीले स्वर दिएकी छिन् ।

पछिल्लो क्रमको माया प्रेमलाई जस्ताको त्यस्तै उतार्ने कोसिस गरेको गायक अधिकारीले बताए । म्यूजिक नेपालले बजारमा ल्याएको गीत रेशम थापा, रुपा, अंकित र स्मिताको अभिनयमा निर्माण, भिडियोको छायाङ्कन सरोज अधिकारी, सम्पादन सुवास अम्गाई, निर्देशन रेशम थापा र कोरियोग्राफ श्याम चौधरीको रहेको उक्त गीतमा एरेन्ज कृष्ण वि.कको रहेको छ ।

‘वास्तविक माया लगाउने प्रेमीप्रेमीकाले सुन्ने र हेर्नै पर्ने गीत बनेको र अन्य गीतहरुझै यस मनपेट साटलाई पनि दर्शक श्रोताको माया पाउने आशा गरेको छु ,अधिकारीले भने । ’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.