www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा लागुऔषध सहित ३३ वर्षिय एडिसन बस्नेत पक्राउ

अर्जुन कार्की,
ताण्डव न्यूज ।

बागलुङ बजारबाट लागुऔषधि सहित एक युवालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखाबाट हिजो (बुधबार) विशेष सुराकीको आधारमा बागलुङ नगरपालिका–२ का ३३ बर्षिय सन्तोष भनिने एडिसन बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए।

Batas

बस्नेतको साथबाट फेनारगन २४ एम्पुल, डाईजापाम २८ एम्पुल, नुरफिन २६ एम्पुल गरी एकमुष्ट ७८ एम्पुल लागुऔषधि बरामद गरिएको प्रहरी नायक उपरीक्षक भट्टराईले बताए । बस्नेतमाथि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.