www.tandavnews.com
Fact ~ In search of truth

पीपीएल : बुटवल ब्लास्टर प्ले अफमा उक्लियो

सुशान्त गाहा मगर,

ताण्डव न्यूज/पोखरा ।

पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी ट्वान्टी क्रिकेट (पीपीएल) मा सहज जित निकालेको छ ।

आज (आइतबार) पोखरा रङ्गशालाको क्रिकेट मैदानमा भएको खेलमा एक्स्पर्ट धनगढीलाई ७ विकेटले पराजित गर्दै बुटवलले तेस्रो जित निकालेको हो । यो तेस्रो जितसँगै बुटवल लिगको प्ले अफमा प्रवेश गर्याे ।

यसअघि धनगढीले दिएको १ सय ४१ रनको लक्ष्य ब्लास्टरले १६.४ ओभरमा ३ विकेट गुमाउदै सहज रुपमै लक्ष्य पुरा गर्याे । ब्लास्टरको जितका लागि पाहुना खेलाडी अफ्ताब उद्दीन अहमेदले ५२ रनको अर्धशतकीय योगदान दिए ।

त्यस्तै हर्स टोन्कले ४० रन र कलिला खेलाडी शंकर रानाले २५ रनको पारी खेले । अविजित रहेका शिबम सिंहले १५ रन बनाए । धनगढीका लागि अनिल खरेलले २ र दिपक पुनियाले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रनको योगफल तयार पारेको थियो ।धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै सन्दीप जोराले ३९ रन र सौरभ खनालले १० रनको पारी खेले । उक्त ईनिंसमा बुटवलका ललित भण्डारीले ३ र अविनाश बोहराले २ विकेट आफ्नो हातमा पार्न सफल रहे ।

जितसँगै प्ले अफमा उक्लिएको बुटवलले ४ खेलमा ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा पुगेकोे छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.