www.tandavnews.com
Fact ~ In search of truth

चाउथेमा सवारी दुर्घटना, लामा र गुरुङको मृत्यु

पोखरा ।

सावारी साधन एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । पोखरा १४ चाउथेमा बुधबार विहान करिब ३ बजे बस, जिप र मोटरसाइकल ठोक्कीएको हो ।

ग १ ख ९४०५ नं को बस, ग २ च २७२६ नं को जिप र ग १६ प ९५३७ नं को मोटरसाइकल आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Batas

दुर्घटनामा परि जीप चालक पोखरा – २९ भण्डारढिक बस्ने वर्ष ३६ का सरोज लामा र मोटरसाइकल चलक तनहुँ थप्रेक – ६ घर भई पोखरा – १४ चाउथे बस्ने वर्ष १९ का रोनश गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा जिपमा सवार दुई जना घाईते भएका छन् । पोखरा – २९ भण्डारढिक बस्ने वर्ष ३४ का प्रेम परियार र लेखनाथ – ३१ बस्ने वर्ष २३ का दिल बहादुर घाईते भएका हुन् । बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.