www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा गोठ भत्किँदा ४ लाखको क्षति

स्याङ्जा ।

स्याङ्जाको अर्जुनचौपारी–२ लामडाँडामा आज बिहान कच्ची धन्सार (गोठ) भत्किँदा साढे चार लाखभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार गएराति परेको वर्षाका कारण लामडाँडाका ५५ वर्षीय लालबहादुर गुरुङको दुईतले कच्ची धन्सार (गोठ) भत्किँदा उक्त गोठमा रहेका दुईवटा भैँसी पुरिएर मरेका छन् ।

Batas

धन्सारमा रहेका अन्नपात पुरिएर नष्ट भएको छ । आज बिहान भएको उक्त घटनामा अन्य कुनै पनि मानवीय क्षति नभएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.