काठमाडौँ ।
नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।
८ हजार ४ सय ३२ जनाको नमुना परीक्षण गर्दा थप ३३८ जनामा कोरोना पुष्टि भएको हो ।यस्तै २४ घन्टामा कोरोना जितेर घर फर्किनेको संख्या १ सय ४० रहेको छ । योसँगै हालसम्म निको हुनेहरुको संख्या १६ हजार ४ सय ९३ जना पुगेको छ ।
यस्तै २४ घन्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७९ पुगेको छ ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.