पोखरा,
ताण्डव न्यूज ।
पोखरा महानगरका १ र नवलपरासीका १ गरि गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा नगरपालिका वडा नम्बर २९ का २० वर्षीया महिला र नवलपरासी गैँडाकोट १२ का ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यसअघि गण्डकी प्रदेशमा प्रहरी र आर्मी सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८९० पुगेको छ । भने हाल सम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १६१९ रहेको छ ।
यसैबीच काठमाडांैमा मिति २०७७ असार १७ गते उपचारको क्रममा कोरोना संक्रमणका कारण मृत्यु भएका म्याग्दी जिल्ला , धौलागिरी गाउँपालिका वार्ड नम्बर ४ का ४७ दिने नाबालकको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त प्रतिवेदनका आधारमा गण्डकी प्रदेशको तथ्यांकमा समावेश गरिएको छ ।
यो सँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.