पोखरा
ताण्डव न्यूज ।
पोखरा-२३बाट अपहरण तथा शरिर बन्धक कसूरमा पक्राउ परेका तीन जनालाई पुनः १० दिनका लागि म्याद थप गरिएको छ । पक्राउ परेका पोखरा-२३का वडा सदस्य भरतराज भण्डारी, ठेकेदार बसन्त लामा र पोखरा २३ बस्ने टिकाराम भण्डारी “रामु” लाई यसअघि सात दिनको म्याद थप गरि अनुसन्धानकालागि हिरासतमा राखिएको थियो । थप अनुसन्धानकालागि आज (बिहिबार) म्याद थपिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
उनिहरुले भदौ ८ गते पोखरा २३का महादेब सापकोटालाई सोही ठाउँको खहरेखोलास्थित निर्माणधिन पुलबाट अपहरण गरिएकाे थियाे । सापकोटालाई अपहरण गरी कुटपिट गर्दै बा १४ च ८२७९ नंको कारमा राखेर पोखरा २३मै रहेको ठेकेदार लामाको फ्लायटमा थुनी राखेको अवस्थामा उद्धार गरेको थियो।
सम्बन्धीत न्यूज
पाेखरा-२३ अपहरण काण्ड : ‘पीडितलाई झुटो बलात्कारमा फसाउने षणयन्त्र’
अपहरण काण्ड : ‘गायब पार्ने योजना, ४ दिन थुनेर कुटे’
पोखरा-२३ अपहरण काण्ड : तीन जनालाई सात दिनकालागि म्याद थप
ठेकेदार लामा र वडा सदस्य भण्डारी ‘अपहरण’ गरेको आरोपमा पक्राउ
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.