www.tandavnews.com
Fact ~ In search of truth

कास्कीको छोम्रोङ गाउँमा ऐतिहासिक कुलीबराह मन्दिर निर्माण

कास्की ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङ गाउँको पूर्वी भागमा रहेको ऐतिहासिक शक्तिपीठ कुली बराहको मन्दिर निर्माण सम्पन्न भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको चार लाख र देश विदेशका विभिन्न स्थानमा रहेका स्थानीयको १४ लाखसहित कूल १८ लाखमा मन्दिर निर्माण गरिएको निर्माण समितिका सदस्य एवं छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलीप गुरुङले जानकारी दिए ।

Batas

छोम्रोङ र आसपासका क्षेत्रमा बस्ती विकास भएसँगै कुलीबराहसहितका शक्तिपीठको अस्तित्व रहेको बताउँदै उनले व्यवस्थित मन्दिर नहुँदा विगतमा स्थानीयवासीले शिलामा पूजाआजा गर्ने गरेको बताए ।

अन्नपूर्ण आधार शिविर जाने पदमार्ग आसपासमा पर्ने कुलीबराहसहित गाउँको उत्तर–पश्चिममा पर्ने छुरुप बराह, दक्षिण पूर्वमा पर्ने ताउजी बराह, पश्चिममा पर्ने मेश्रम बराह र उत्तर पूर्वकापर्ने पुजनीयम् बराह यहाँका दर्शनीयस्थल हुन् । पदमार्ग क्षेत्रमा सम्भाव्य प्राकृतिक प्रकोप नहोस् भन्दै स्थानीयवासीले वर्षेनी यी बराहको पूजाआजा गर्दै आएको स्थानीयवासी बताउछन् ।

अन्नपूर्ण आधारशिविर क्षेत्रमा पर्ने यी धार्मिकस्थलको संरक्षण र विकासका लागि पछिल्लो समयमा स्थानीयले जागरुकता देखाउँदै आएको समाजसेवी एवं अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए । धार्मिक तथा सांस्कृतिक महत्वका यी शक्तिपीठको संरक्षण र विकासमा स्थानीयवासीले देखाएको सक्रियतासँगै राज्यका तर्फबाट सहयोग आवश्यक हुने गुरुङको भनाइ छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.