www.tandavnews.com
Fact ~ In search of truth

संसद विघटन विरुद्ध मुद्दाहरुमाथिको सुनुवाई अर्को साता

काठमांडौँ,
ताण्डव न्यूज ।

संसद विघटन विरूद्ध परेका मुद्दाहरू माथिको सुनुवाई अब अर्को साता हुने भएको छ ।

हिजोको संवैधानिक इजलासले अर्को सुनुवाई पुस २९ गते अर्थात् आउँदो बुधबार गर्ने तय गरेको हो । बुधबारको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा भएको थियो ।

Batas

तर वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि संसद विघटन विरुद्धका रिटको संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की अलग भएका छन् ।

यस्तै विघटन विरुद्धका रिटहरु संविधानको धारा १२८ कि धारा १३७ अन्तर्गत बहस–सुनुवाई हुने भन्नेमा विवाद देखिएको छ । सर्वोच्च अदालतमा रिट निवेदन दिएका १२ जना निवेदकहरुले संविधानको धारा १२८ अन्तर्गत वृहत्त पूर्ण इजलासमार्फत् सुनुवाई हुनु पर्ने माग सहित निवेदन पेश गरेका थिए ।

यद्यपी त्यो निवेदन दर्ता भएन । हिजो संवैधानिक इजलास सुरु हुने वित्तिकै कानून व्यवसायीहरुले वृहत्र पूर्ण इजलासको माग गरिसकेका छन् । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध एक दर्जन रिट निवेदन दर्ता भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.