www.tandavnews.com
Fact ~ In search of truth

‘मनाङेलाई डाँकुबाट वाल्मीकि बनाउन सकिन’:पूर्व मुख्यमन्त्री गुरुङ

पोखरा /ताण्डव न्यूज ।

पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले डाँकुलाई वाल्मीकि बनाउन नसकेको भन्दै टिप्पणी गरेका छन् ।

मुख्यमन्त्री कार्यालयबाट बाहिरिँदै गर्दा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले राजीव गुरुङ (दिपक मनाङ्गे)लाई आफुले वाल्मीकि बनाउन नसकेको बताएका हुन् । ‘कहिले काहीँ के हुन्छ भने सबै डाँकुहरु चाहिँ बेदव्यास हुँदा रहेनछन्,’ पूर्व मुख्यमन्त्री गुरुङले भने ।

Batas

अन्तिम समयमा आएर आफैले मन्त्री बनाएका दिपक मनाङले अन्तिम समयमा पूर्व मुख्यमन्त्री गुरुङको साथ छोडेर धोका दिएका थिए ।मनाङेलाई आफैले राजनीतिमा सहज बनाएको प्रसंग सुनाउँदै आफैलाई धोका दिएको गुरुङले बताए ।

गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा सत्ता जोगाउन मनाङेलाई गुरुङले मन्त्रीमण्डलमा भित्राएका थिए। वैशाख १६ गते मनाङेलाई खेलकुद मन्त्रीका रुपमा शपथ लिएका थिए। त्यसपछि पृथ्वीसुब्बाले मुख्यमन्त्रीबाट राजीनामा दिए । फेरि अर्को बाटोबाट उनी नै मुख्यमन्त्री भए। त्यहीखेर पनि उनले दीपक मनाङेलाई मन्त्री बनाएका थिए ।

तर, २७ गते फेरि विश्वासको मत लिँदा दिपक मनाङेले मुख्यमन्त्रीको साथ छोडेका थिए । उनले विपक्षी गठबन्धनलाई साथ दिएका थिए ।

दीपक मनाङेको विगतको पृष्ठभूमि राम्रो छैन। उनी गुन्डागर्दीमा संलग्न भएका व्यक्ति हुन्। त्यसैले पनि उनी राजनीतिमा आउँदादेखि नै यही विषयका कारण चर्चामा आइरहेका छन्। उनी मन्त्री हुँदासमेत चर्को टिप्पणी भएको थियो। अहिले पनि विपक्षी गठबन्धनबाट मन्त्री हुँदा चर्चामा नै छन्। तर, सौभाग्य ४५ दिनमा तीन पटक मन्त्री हुने भाग्य उनैलाई जुरेको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.