www.tandavnews.com
Fact ~ In search of truth

दृष्टिविहिन र अपाङगता भएका परिवारलाई एसओएस आमाहरूको सहयोग

पोखरा ।

एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोवास गर्दै आएका दृष्टिविहिन एवम् अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् ।

बालग्रामका सस्थापक हर्मनमाईनरको जन्मदिन एवम् ३५ औं एसओएस दिवसको अवसरमा आमाहरूले पाँच दृष्टिविहिन र ११ जना शारिरिक अपाङ्गता भएका परिवारलाई २५ हजार मुल्य बराबरको राहत सामग्री वितरण गरेका हुन् ।

Batas

एसओएस बालग्राममा कार्यरत २४ जना आमाले सामुहिक रुपमा संकलित रकमबाट चामल, दाल, तेल, नून, चिउरा, बेसार, माक्स लगायतका सामग्री खरिद गरि अपाङगता भएका परिवारलाई सहयोग गरिएको लक्ष्मीदेवी वास्तोलाले जानकारी दिए ।

कोरोना भाइरसको दोश्रो भेरियन्टको संङ्क्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाको कारण रोजगारी गुमाएर छाक बस्ने अवस्थामा पुगेका १७ परिवारलाई तत्कालका लागि खाद्यान्न सहयोग गरिएको उनको भनाइ छ । बालग्रामका १५ वटा घरमा एक सय ५३ जना बालबालिका छन् ।

पोखराको बिभिन्न बजारमा अगरवत्ती बिक्री गरेर तथा दोहोरी साँझमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर परिवारको जीविकोपार्जन गर्दै आएका यस्ता परिवार कोरोनाको कारण आयआर्जन गर्ने बाटो बन्द भएपछि यतिखेर रोग भन्दा भोकसँग लड्दै आएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.