काठमाडौँ
नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकमा ९ हजार ७ सय ४६ जनामा कोरोना परीक्षण गर्दा ५ सय ४९ जनामा संक्रमण पाइएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १० हजार १५१ जना रहेका छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला ४ र २ सयभन्दा बढी संक्रमित भएका जिल्ला ९ रहेका छन् । ५ सयभन्दा बढी संक्रमण हुने जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । संक्रमण दर १८.५ प्रतिशत रहेको छ । संक्रमित शून्य रहेका जिल्ला मुगुमात्र रहेको छ ।
पछिल्लो २४ घण्टामा ५ सय ६९ जनाले संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९० हजार ३ सय ५८ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।
६ को मृत्यु
यसैगरी आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ११ हजार ३ सय ८८ जनाको मृत्यु भइसकेको छ । होम आइसोलेसन ९ हजार ३ सय ७९, संस्थागत आइसोलेसनमा ७ सय ७२, सघन उपचार कक्ष ‘आइसियु’ मा २ सय ४२ र भेन्टिलेटरमा ७८ जना रहेका छन् ।
आज १ लाख २५ हजार ५ सय २७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८६ लाख ६२ हजार २ सय ५० जना पहिलो मात्रा र ६९ लाख ८४ हजार १ सय ५७ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.