पोखरा, ताण्डव न्यूज
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ५१३जनामा गरिएको नमुना परीक्षणमा २१३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
आज कास्कीमा १५८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ भने नवलपुर पूर्व १२, स्याङ्जा २०, बागलुङ ३, तनहुँ ४, लमजुङ १२, म्याग्दी १, पर्वत १ र गोरखा २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८९ हजार ६५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १६ जना कोरोनामुक्त भएका छन् । त्यस्तै अहिले १,११८ जना होम आइसोलेसनमा छन् भने गण्डकी प्रदेशभर १,४२८ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म गण्डकीमा मृत्यु हुनेको संख्या १,४२८ पुगेको छ ।
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.