www.tandavnews.com
Fact ~ In search of truth

एक्सेस एजुकेसन फेयर सकियो

पोखरा
ताण्डव न्यूज ।

एक्सेस एजुकेसन नेटवर्कले आयोजना गरेको ‘एक्सेस एजुकेसन फेयर’ पोखरामा सम्पन्न भएको छ ।

भदै २१ गते बिहीबार भएको फेयरमा अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडाका करिब २६ वटा युनिभर्सिटी तथा कलेजको प्रतिनिधि सहभागिता रहेको थियो । फेयरमा महानायक राजेश हमालको उपस्थिति रहेको थियो ।

Batas

एक्सेसका पोखरा शाखाका प्रबन्ध निर्देशक राजन भण्डारीका अनुसार फेयरमा एक हजार विद्यार्थीको सहभागिता रहेको थियो । गणस्तरीय उच्च शिक्षा हाँसिल गर्ने ध्येयले विदेश जान चाहने विद्यार्थीहरुले जिज्ञासा मेटाएका थिए ।

फेयरमा विद्यार्थी सहित अभिभावकले पनि कुन देशमा कस्ता युनिभर्सिटी वा कलेजमा कुन विषय पढ्दा भविष्य सुनिश्चित हुनेछ सो बारेमा स्पष्ट जानकारी पाएको भण्डारीले जानकारी दिए ।

फेयरमा सहभागि विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.