www.tandavnews.com
Fact ~ In search of truth

पोखरा एयरपोर्टमा दिउसै चोरी

पोखरा
ताण्डव संवाददाता ।

पोखरा एयरपोर्टमा आज दिउसै चोरी भएको छ । एक चाइनिज पर्यटकले एयरपोर्टको डिपार्चरमा बेच्न राखिएको मुर्ति चोरेका हुन् ।

काठमाडौंका लागि उड्न लागेका उक्त पर्यटकले साढे १ बजेको समयमा मुर्ति चोरेर उम्किन खोज्दैगर्दा पसल धनीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मुर्तिको मुल्य करिब १५ देखि २० हजार रहेको एयरपार्टका प्रहरी प्रमुख तथा इन्सपेक्टर अर्जुन कुमार मल्लले बताए ।

Batas

उक्त पर्यटकलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको र अनुसन्धान जारी रहेको प्रवक्ता एवं डिएसपी खड्गबहादुर खत्रीले जनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.