www.tandavnews.com
Fact ~ In search of truth

कुन वडाध्यक्षले के काम गरे ?

सन्तोष अधिकारी
पाेखरा, ताण्डव न्यूज । 

स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष भयो । ३ तहमा भएको स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेशमा वैशाख ३१ गते निर्वाचन भएको थियो । २ दशकसम्म जनप्रतिनिधिविहीन स्थानीय तहले त्यस यता जनप्रतिनिधि पाएको छ ।

निर्वाचित जनप्रतिनिधिहरु कामको विषयले आलोचितसमेत भइरहेका छन् । भूगोलको हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको ३३वटै वडाले पनि जनप्रतिनिधि पायो । वडाअध्यक्षहरुले गरेका केही कामहरु आलोचित पनि छन् ।

Batas

ताण्डव न्यूजले महानगरपालिकाका वडाध्यक्षहरुलाई डेढ वर्षको अवधिमा आफूले गरेका आफैलाई लागेको कामहरु केके हुन भनेर सोधेको छ ।

वडा नम्बर १, शारदा पराजुली

– युवासम्बन्धी खेलकुद
– गर्भवती महिलालाई पोषण आहार
– बालबालिकालाई शैक्षिक सामग्री वितरण
– नालीसहितको फुटपाथ निर्माण
– खानेपानीको लागि व्यवस्थित रुपमा पाइप विस्तार

वडा नम्बर २, रामेश्वर मल्ल

– निरुवा हिमाली टोलको बाटो ढलान, ढलको निकास
– धारापानी बाटो ढलान र ढल निकास
– विन्ध्यावासिनी चोकदेखि अर्चलबोटसम्म ८ मिटरको बाटो, फुटपाथसहितको ढल निर्माण
– हिटमार्गमा ढल सहितको पिचबाटो
– गुहेश्वरी मार्ग पिचबाटो तथा ढल निकास

वडा नम्बर ३,रवीन्द्रबहादुर प्रजु

– बालमैत्री तथा बालश्रम मुक्त वडा
– चुस्त दुरुस्त सेवा
– एक घर दुई गमला
– १०० वर्ष कटेका धार्मिक क्षेत्रको संरक्षण र प्रचार
– नारायणथानमा रहेको गुफाको धार्मिक पर्यटनको सम्भावनाको खोजी

वडा नम्बर ४, शंकर बास्तोला

– पालिखेचोकमा ४ दशकदेखि हटाउन नसकेका सडक विस्तार गर्दा मापदण्डभित्र पर्नेघरहरु हटायो
– सिद्धार्थचोक नालाको पानी व्यवस्थापन
– वडाभित्रको २० वर्षदेखि विवादित रहेको जग्गाको संरक्षण गरी पार्क निर्माण गरिएको
– सेवाग्राही मैत्री वडा कार्यालय, जेष्ठ नागरिक मैत्री, अपांगमैत्री र एकद्धार नीति लिइएको
– ग्रीन सिटी, क्लिन सिटी वडामा हरेक घरमा हरियो रंग लगाउने अभियान सुरु गरिसकिएको
– वडाभित्र यो वर्षमा ४०० वटा विरुवा रोप्ने कामको सुरुआत भएको ।

वडा नम्बर ५, धनबहादुर नेपाली

– सूर्यचन्द्र बाटिका निर्माण,
– हाइवे क्षेत्रमा वृक्षरोपण
– सामुदायिक विद्यालय धर्मस्थली आधारभूत विद्यालयमा भौतिक संरचना र गार्डेन निर्माण
– पस्र्याङ – धारापानी मोटरबाटो निर्माण
– सार्वजनिक पुस्तकालय प्रविधि मैत्री र स्तरोन्नती,

वडा नम्बर ६, जगत बहादुर पहारी

– क्लिन सिटी
– जथाभावी फोहोर मिसाउनेलाई कडा कारवाही, सरसफाइ कार्यक्रम
– बाटोघाटो निर्माण, हल्लनचोक क्षेत्रमा डिभाइर निर्माण
– बसुन्धारा पार्कको मर्मत
– लेकसाइडमा पर्यटकलाई सुविधा होस् भनेर गल्लीको नाम राख्ने काम गरियो ।

वडा नम्बर ७, रामचन्द्र बराल

– शान्तिटोलबाट धुपी र दुबो डिभाइरलमा पुरानो ढुंगाको चौतारा निर्माण
– निरन्तर सरसफाइ कार्यक्रम
– वृक्षरोपण
– सडक निर्माण

वडा नम्बर ८, रुद्रनाथ बराल

– कौसी खेतीका लागि ३५० जना महिलालाई सहयोग
– ५५०० सयवटा सयपत्री फूलको विरुवा टोलमा प्रदान
– वडा कार्यालय व्यवस्थित, चुस्त दुरुस्त सेवा दिइएको छ
–३३ वटा ढलान गरी बाटोहरु निर्माण
– सृजनाचोक पार्क व्यवस्थित हुँदैछ ।

वडा नम्बर ९, रामराज लामिछाने

– संस्कृति जोगाउन दलित पञ्जेबाजा वितरण,
– महिलाहरुलाई गुडिया, बुटिक तालिम
– वडाभित्र ५ वटा योगा सेन्टर निर्माण
– निशुल्क स्वास्थ्य चेतना, मुटुरोग परीक्षण, पाठेघर परीक्षण

वडा नम्बर १०, राजकुमार गुरुङ

– १० नम्बरभित्र पुरै कौसी खेतीलाई जोड दिएका छौं । टोल विकास महिला समूहमार्फत सुरु गरिसकेका छौैं ।
– कम्पोस्ट मल बनाउन पनि तालिम
– महिलाहरु स्वरोजगारको लागि बुटिक तालिम
– महिलाहरुलाई मादल बजाउने तालिम
– रामघाट धार्मिक विकास क्षेत्र चिल्डे«न पार्कको निर्माण सुरु भएको छ । क्रियापुत्री भवन बनाउन सहयोग ।

वडा नम्बर १२, रामबहादुर कार्की

– वडा कार्यालय भवन थिएन भवन बनेको छ ।
– बाटो नाला बनाइरहेका छौं ।
– महिलाहरुलाई रोजगारीको कार्यक्रम ।

वडा नम्बर १३, दर्शन लामा

– वडा कार्यालय व्यवस्थित
– बाटो हरियाली सहित निर्माण
– सरकारी विद्यालयहरुमा छात्रवृत्ति प्रदान
– दृष्टीविहिन मैत्री बाटो निर्माण कार्य जारी
– महिलाहरुकालागि वडास्तरबाटै दालमोठ उद्योग सञ्चालन

वडा नम्बर १४, प्रेमबहादुर कार्की

– विभिन्न क्षेत्र जोड्ने सडक पिच भइरहेको
– वडा सबै घरमा खानेपानी
– सेवा प्रति प्रतिबद्ध छौं
– स्वास्थ्य र सरसफाइ शिक्षामा

वडा नम्बर १५ प्रकाश पौडेल

– सार्वजनिक जग्गाको संरक्षण, अतिक्रमण गर्ने हटाउने काम गरियो
– सडक निर्माण, निर्मल पोखरी लगायतका क्षेत्रमा व्यवसायिक मार्ग
– वनविज्ञान क्याम्पसमा भएको डिन कार्यालय उच्च अदालत पोखरामा मुद्धा हालेर पोखरामै फिर्ता ल्याइयो
– जनचेतनामूलक स्वास्थ्य, शिक्षा,
– समाजको शान्ति सुरक्षा कायम गर्न चोक चोकमा सिसी क्यामेरा जडान गर्ने अभियान
– किसानलाई व्यवसायिक बन्न क्षमता विकास गर्न तालिम, सहयोग

वडा नम्बर १६, जीवनप्रसाद आचार्य

– सुन्दरफिल दीपचोकदेखि मनिपाल जाने बाटो चक्ल्याउने र नाला व्यवस्थित
– महेन्द्र गुफा ओरालोमा ढलान सहितको नाला निर्माण
– विभिन्न क्षेत्रमा जोड्ने सडक निर्माण भइरहेको छ ।

वडा नम्बर १७, तीर्थराज अधिकारी

– छोरेपाटन वर्षेनि हुने डुबान अब नहुने बनाइयो
– दोबिल्लाको पुल बचाइयो
– विरौटा चोक आइल्याण्डको पर्खाल हटाएर सडक फराकिलो बनाइयो ।
– १५ करोड ३१ लाख भन्दा जनसहभागितामा भित्रीबाटोहरु ढलान, खानेपानी स्वास्थ्यमा पनि काम भइरहेको छ ।
– सचेतना तालिम, दलित, महिला, कानुनी सचेतना

वडा नम्बर १८, रणबहादुर थापा

– प्रशासनिक सुधार, वडा कार्यालय व्यवस्थापन
– शैक्षिक क्यालेण्डर निर्माण
– खानेपानीको काम
– सडक चौडा बनाउने काम भइरहेको ।
– पर्यटन पूर्वाधार,
– माथिल्लो सराङकोटको गुरुयोजना

वडा नम्बर १९, शोभामोहन पौडेल

– चितेपानीबाट प्राकृतिक स्रोत कलेज हुँदै रैकरबाट घाचोक जोड्ने सडक मार्ग निर्माण
– ग्रामीण क्षेत्र जोड्ने सडक
– घार्मी लिफ्टिङ खानेपानी योजना
– वडा कार्यालयबाट हवल्दारको चौतारो जानेबाटो सडक निर्माण
– सुकुम्बासी टोलका महिलाहरुलाई झोला बुन्ने तालिम तथा उद्योग सञ्चालन गर्न सहयोग
– उत्पीडित समुदायका बुहारीहरुलाई ड्राइभिङ तालिम र व्यवसाय

वडा नम्बर २१, खगराज आचार्य

– सहलगानी खानेपानी आयोजना
– वडा स्तरीय खानेपानी
– आँपको रुखबाट पारिडाँडा १० किलो सडक निर्माण
– वडा कार्यालयबाट स्वास्थ्य केन्द्रसम्म जाने सडक पिच
– निर्मल पोखरीको सिमानाबाट पुर्सेखोला सडक पिच
– भूमे खोलामा पूल निर्माण, सबै सडकमा सवारी सञ्चालन
– वडाको गुरुयोजना निर्माणको लागि त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास विभागसँग सम्झौता गरेको
– वास्तविक किसान कति छन् तथ्यांक संकलन
– कुभिण्डेबाट दोपारे हुँदै कोत्रे दुई तीन दिनको नयाँ पर्यटन गन्तव्य निर्माण, चिलाउने खर्कमा होमस्टे सञ्चाल

वडा नम्बर २२, मित्रलाल बराल

– कुबिन्डे उल्लेरी मोटरमार्ग निर्माण
– भूइँसार्ने सडक मार्ग
– वडा स्तरीय कृषि सञ्जाल मार्फत अर्गानिक खेतीको काम भइरहेको छ ।
– स्थानीय प्रजातीका बिउ विजन संरक्षण
– स्वास्थ्य घुम्ती प्रशिक्षण चलाइरहेको
– महिलाहरु सशक्तीकरण र आयआर्जनसम्बन्धी सिपमूलक तालिम प्रदान,

वडा नम्बर २३, विष्णुप्रसाद पराजुली

– पञ्चासो जाने सडक मार्ग निर्माण
– चनौटे जाने सडक निर्माण
– महिला सशक्तीकरण कार्यक्रम टोलटोलमा

वडा नम्बर २४, ओमप्रसाद सुवेदी

– वडाका हरेक घरमा खानेपानी (एक घर एक धारा)
– सडक निर्माण
– सांस्कृतिक ग्राम बनाउन लागिएको, कास्कीकोटको प्रचार, होमस्टे, पोखराको एक पर्यटकीय पदमार्ग ७४ किलो मिटरको मध्ये यस वडामा पर्ने ८ किलोमिटर क्षेत्र निर्माण सम्पन्न भइसक्यो ।
– स्वास्थ्य शिविर, पाठेघरसम्बन्धी निशुल्क क्यान्सर शिविर

वडा नम्बर २७, पूर्णकुमार गुरुङ

– गठ्ठा मार्गमा सडक निर्माण
– आधारभूत विद्यालयका शिक्षकलाई कम्प्युटर तालिम
– लागुऔषधको विषयमा टोलटोलमा वृत्त चित्र प्रदर्शन
– व्यवस्थित वडा कार्यालय,
– यो पार्टीको त्यो पार्टीको भेदभाव छैन ।

वडा नम्बर २८, निर्मल दियाली

– वडा कार्यालय प्रविधिमैत्री
– वडामा खानेपानीमैत्री
– सडक मार्गहरु व्यवस्थापन तथा निर्माण
– विद्यालय र स्वास्थ्य सरसफाइलाई ध्यान दिइएको छ ।

वडा नम्बर ३३, शिव आचार्य

– भवन निर्माण
– व्यवस्थित खानेपानीको सुविधा
– मठमन्दिर, पदमार्गको संरक्षण
– विद्यालय क्षेत्र बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याइयो
– पर्यटन प्रवद्र्धनका लागि होमस्टे स्थापना
– वडालाई बाख्रा र कुखुराको पटेक क्षेत्रको रुपमा विकास गर्न लागिएको
– मोटरेबल पुल, झोलुंगे पुल निर्माण

वडाध्यक्षहरु उठाउँदैनन् फोन !

महानगरका ६ वटा वडाका वडाध्यक्षहरुले अफिसियल नम्बरमा फोन गर्दा समेत उठाउँदैनन् । जनताको सुविधालाई मध्यनजर गरी महानगरपालिकाले उनीहरुलाई अफिसियल फोन नम्बर वितरण गरेको थियो ।

वडा १ देखि ३३ सम्मका वडाध्यक्षहरु मध्ये ६ जना वडाध्यक्षले महानगरले दिएको नम्बर मात्रै होइन आफ्नो व्यक्तिगत फोन समेत उठाउँदैनन् । यदि कतै केही दैवीप्रकोप, कुनै समस्या आइप¥यो भने वडाबासीले सबैभन्दा पहिले वडाध्यक्षलाई नै गुहार्न पर्छ । तर, यी वडाध्यक्षहरु फोनको घण्टी जाँदा समेत बेवास्ता गरेर बस्छन् ।

फोन नउठाउने वडाध्यक्षहरु

वडा नम्बर ११, मोहन बास्तोला, वडा नम्बर २० सिम गुरुङ, वडा नम्बर २५ शोभाकर तिम्सिना, वडा नम्बर २६ नारायणप्रसाद बराल, वडा नम्बर ३० श्रीराम पोखरेल, वडा नम्बर ३१ कमलबहादुर थापा र वडा नम्बर ३२ का अक्कलबहादुर कार्कीले ताण्डव न्यूजबाट फोन गर्दा अफिसियल तथा व्यक्तिगत फोन दुवै उठाएनन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.