www.tandavnews.com
Fact ~ In search of truth

आशंकाका ४ बुँदा : पत्रकार गिरीलाई फसाउन बतास र काउन्सिल कर्मचारीको मिलेमतो !

पोखरा
ताण्डव न्यूज ।

ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीलाई सोमबार कास्की प्रहरीले पक्राउ गर्यो । सिआइबीको निर्देशन भन्दै ४ दिन अघि जारी गरिएको पक्राउ पुर्जि थमाएर काठमाडौँ पठायो ।

एक दशक देखि पोखरामा रहेर क्राइम बिटमा सशक्त कलम चलाइरहेका पत्रकार गिरी पक्राउ परेको खबर फैलन समय लागेन । सामाजिक सञ्जाल र फोन सम्पर्क मार्फत पक्राउबारे जानकारी पाएका पोखराका पत्रकारहरु छक्क परे ।

Batas

क्राइम बिटमा अहिलेसम्म नचुकेको पत्रकारलाई समाचार प्रसारणकै कारण किन पक्राउ गरियो ? सबैको प्रश्न यहि थियो । बतास अर्गनाइजेसनका विपीन नामले चिनिने विपेन्द्र बतासले के को अधारमा उजुरी दिए ? पत्रकारहरुको नियामक निकाय प्रेस काउन्सिल हुँदाहुँदै साइबर क्राइममा मुद्धा दर्ता सम्भव कसरी ? पक्राउपछि काठमाडौँ लैजाने तयारी गर्दैगर्दा प्रश्नहरु थपिदै थिए ।

अर्जुन गिरीलाई काठमाडौँ लगियो । सोधखोज पछि थाह भयो, मिडिया दर्ता नभएका कारण पक्राउ गरिएको जानकारी सिआइबीबाट आएपछि पोखरा बेस्ड पत्रकार पुनः छक्क पर्न बाध्य भए ।

बतासले प्रेस काउन्सिलसँग ताण्डव न्यूजबारेको जानकारी माग्दा, काउन्सिल कर्मचारी सुरेन्द्र मल्लले ताण्डव न्यूज डटकम दर्ता छैन भनेर पत्र बनाइदिएका रहेछन् । सोही पत्र लिएर बतास सिआइबीमा साइबर क्राइमको मुद्धा हाल्न पुगेको खुल्यो ।

यसबारे ताण्डव सम्पादक गिरीले ताण्डव न्यूज दर्ता भएको दाबी गरे । पुनः प्रेस काउसन्सिलको लिस्ट नियाल्दा ताण्डव मिडिया प्राली भेटियो । नाम वतन ठिक थियो । तर ताण्डव न्यूजको स्पेलिङ गलत देखियो । प्रेस काउन्सिलले गल्ती स्वीकार्दै, दर्ता भएको पत्र सिआइबीलाई पठायो ।

यहि घटनालाई लिएर पत्रकारहरु अहिले आक्रोशित छन्, अनुसन्धान ब्यूरोको फितलो अनुसन्धानलाई लिएर । सामाजिक सञ्जालमा समेत यस विषयलाई लिएर पत्रकारहरुको विभिन्न प्रतिक्रिया दिएका छन् ।

यसै सन्दर्भमा काठमाडौँमा रहेर अर्थ बिटमा कलम चलाइरहेका अर्थ सरोकार डटकमका सञ्चालक तथा सम्पादक सुरज प्याकुरेलल ४ बुँदा प्रस्तुत गर्दै काउन्सिलका कर्मचारी सुरेन्द्र मल्लले ताण्डव न्यूज डटकम दर्ता छैन भनेर लेखिदिनु नियोजित हो भन्ने आशंका ब्यक्त गरेका छन् ।

सुरजले मिलेमतोको आशंका ब्यक्त गर्दै आफ्नो फेसबुक वालमा पोष्ट गरेका ४ बुँदाहरु यसप्रकार छन् :

१. उनी (सुरेन्द्र मल्ल) त्यो फाँटकै होइनन् । रामशरण बोहोरा नभएको दिन पारेर यस्तो चिठी किन लेखियो ? एक दिन किन कुर्न खोजीएन ?

२.पत्रिका दर्ता थियो, र छ । पहिला एकपटक हामीले हेर्दा ठिक थियो । पछि बिगारेर फेरि सच्याइएको छ ।

३. साइबर क्राइममा मुद्धा हाल्ने हो भनेर पत्र मागिएको कुरा छ । होइन भने पनि प्रयोजन किन सोधिएन ? सोधिएको भए उनले किन काउन्सिलको बारेमा बुझाउन प्रयास गरेनन् ?

४. व्यक्तिका नाममा पत्र लेख्ने अधिकार उनलाई कसले दियो ?

बुँदा पछि उनले थपेका छन् ‘उनले अख्तियारको चरम दुरुपयोग गरेका छन् । कतै यस्तो काम गर्न घुस त लिएनन् ? छानविन हुनुपर्छ ।’

याे पनि पढ्नुहाेस्

बतास अर्गनाइजेसनका ‘विपिन बतास’ विरुद्ध पक्राउ पुर्जी जारी

दर्ता नं ६१० : बतास अर्गनाइजेसनका विपेन्द्र बतास विरुद्ध ठगीको जाहेरी दर्ता , कहिले पक्राउ गर्छ प्रहरी ?

बतासको मनी पावर ! आफ्नो विरुद्ध समाचार आएपछि प्रहरी सेटिङमा पत्रकार पक्राउ

बताससँगको मिटिङमा ‘समाचार हटाउन’ भनिएको थियो

समाचार लेखेकै भरमा ताण्डवका सम्पादक गिरीलाई पक्राउ, पत्रकार निकटका संघसंस्थाको आपत्ति

ठग ! बदमास विपेन्द्रराज बतास

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.