www.tandavnews.com
Fact ~ In search of truth

एजुकेशन फेयर र मिस एसईई पोखराको ग्राण्ड फिनाले एकैसाथ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा द ग्राण्ड कन्सर्ट अफ एजुकेशन फेयर र मिस एसईई पोखरा– २०१९ एकैसाथ आयोजना हुने भएको छ ।

फिनेफी इभेन्ट म्यानेजमेन्ट र इभेन्टस फर युको संयुक्त आयोजनामा यहि अषाढ ७ गते पोखरा सभागृहमा आयोजना हुने कार्यक्रमको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

Batas

विद्यार्थी भिसामा बाहिर पढन जाने युवायुवतीहरुका लागि लक्षित गरि शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले एजुकेशन फेयर मेलाको आयोजना गरिएको फिनेफी इभेन्ट म्यानेजमेन्टका प्रबन्धक बालचन्द्र परियारले बताए ।

‘अन्य शैक्षिक मेलाहरु भन्दा यो उपलब्धिमूलक हुनेछ,’ उनले भने, ‘शैक्षिक मेला भए पनि यसमा नृत्य कमेडी, क्यारिकेचरसंगै शैक्षिक परामर्श समेत दिइनेछ ।’

मिस एसइइमा आउने दर्शकले मेलाको समेत अवलोकन गर्न पाउनेछन । मेलामा शैक्षिक परामर्श संस्थाका विभिन्न स्टलहरु साथै स्टेजमा प्रत्यक्ष प्रसारणबाट शैक्षिक इन्फरमेशन समेत दिइने परियारले जानकारी दिए ।

इभेन्टस फर युको आयोजना साथै सारेगमपको सहकार्यमा हुन लागेको मिस एसइइ पोखरामा त्यस संस्करणको बिजेताले हिरो स्कुटर पाउने इभेन्टस फर युका प्रबन्धक बिशाल गुरुङले बताए ।

‘त्यस संस्करणदेखि बिजेताले स्कुटर, चाँदिको ताज संगै थुप्रै अवसरहरु प्राप्त गर्नेछन,’ उनले भने, ‘त्यस पटकको मिस एसईईमा पत्रकारिताको माध्यमबाट रंगमञ्चको क्षेत्रलाई योगदान पुर्याउने एकजना क्रियाशिल पत्रकारलाई पनि नगदसहित सम्मान प्रदान गर्नेछौ ।’

छैटौं संस्करणको यस मिस एसईई पोखरामा १९ जना प्रतिस्पर्धी रहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.