पाेखरा ।
ईश्वर देवकोटा/ताण्डव न्यूज
पोखरामा पश्चिमा मुलुकको संस्कृति बिस्तारै मौलाउँदै थियो । मानिसहरु खानपानमा सौखिन हुँदै जानु स्वभाविकै हो । मासु र अण्डाको परिकार सर्वसाधारणको भान्सामा विस्तारै समावेश हुँदै गइरहेका थिए । कुरा करिब तीन दशक अघिको होे । सेतो अण्डाको उत्पादन पोखरामा अत्यन्तै न्यून थियो ।
![Batas](https://www.tandavnews.com/wp-content/uploads/2022/04/Batas.jpg)
त्यस समय पोखराका पोल्ट्री व्यवसायी÷किसानको पहिचान नै गर्न सकिएको थिएन । बजारमा अधिक मात्रामा खपत हुने कुखुराको अण्डा र मासु भारतबाट आयात भइरहेको थियो । स्थानीय स्तरमा उत्पादन न्यून भएकै कारण पनि मुलुक बाहिर पैसा गइरहेको थियो । बजारमा अण्डा र मासुको राम्रो सम्भावना देखेपछि पोल्ट्री फार्म खोल्ने जुत्ति जु¥यो उनको दिमागमा । उनी अर्थात् सफल महिला उद्यमी मीना भट्टराई ।
पोखरा–६, बैदाम निवासी मीना २०३६ साल फागुनमा चितवनबाट तेजबहादुर भट्टराईसँग प्रणयसुत्रमा बाँधिएर पोखरा आएकी हुन । माइतमा सुखसयलको कुमारी जीवन बिताएकी मीनालाई माइतीघरमा औधीं सास्ती थिएन । बुबा चितवनका खान्दानी जमिनदार गनिन्थें ।
एसएलसीको परीक्षा दिएर बसेकी मिनाको सो समयमै बिहे भएको हो । त्यस बेला बिहेवारी भए पछि घर गृहस्थीमै रमाउन पर्ने बाध्यता जस्तै थियो मीनालाई । अहिले जस्तो उदार थिएन समाज । त्यही बाध्यताको चपेटामा परेकी मीनाले एसएलसी उर्तीण भएपनि अध्ययनलाई निरन्तरता दिन सकिनन् । श्रीमान् पढ्दै थिए । छोराहरु जन्मे । उनैको स्याहार सुसारमा दिनहरु बित्दै गयो । श्रीमान्ले लोकसेवा आयोगको परीक्षा उत्र्तीण गरी सरकारी सेवामा प्रवेश गरे ।
बैदामको वातावरण अहिलेको जस्तो सहज थिएन । श्रीमानको सरकारी सेवाबाट प्राप्त आम्दानी बाहेक खनी खोर्सी उही सिजन अनुसारको खेतीपातीमै निर्भर हुनुपथ्र्यो । खान, लाउन दुःख काट्न त परेन तर आयमूलक बाटो नहुँदा छोराहरुको लालनपालनमा कमी आउँछ की भन्ने पीरले मीनालाई गाल्दै थियो ।
यसैबीच चितवनमा रहेका ठूलो दाइको प्रेरणाले उनलाई भट्टराई पोल्ट्रीको यात्रा तय गर्न बल पुग्यो । ‘दाइको खनाल पोल्ट्री चितवनमा भर्खरै स्थापना भएको थियो,’ मीना सम्झिन्छिन्, ‘दाइको त्यसबेलाको मार्ग दर्शननै मेरो जीवनको कोसेढुङ्गा सावित भयो ।’
पहिलो पटक पाँच सय कुखुरामा ८० हजार लगानी गरेर बैदाममा भट्टराई पोल्ट्रीको स्थापना गरेकी मीना अहिले करोडौ लगानी गर्न सफल भएकी हुन् । आफ्नो व्यवसायीलाई अझै उचाइमा पु¥याउन छोरा डा. अशिष भट्टराई र आशिष भट्टराई अघि सारेकी मीनाले सयौं जनालाई रोजगारीको अवसर प्रदान गर्न सफल भएकी छन् ।
बैदामबाट थालिएको भट्टराई पोल्ट्रीको यात्रा छिनेडाँडा, बागमारा, राजाचौतारामा ह्याचरी, चितवनमा दाना फ्याक्ट्री, महतगौंडामा हिमालयन मिट, काठमाडौँमा फेवा इन्टरनेसनल टे«डिङ कम्पनी प्रालि जसले नेपालभर भेटेनरी औषधी सप्लाई गर्ने काम गरेको छ । त्यसैगरी पछिल्लो समय अत्याधुनिक प्रविधि जडित गोरखाको पालुङटारमा च्याङ्लिङ पालुङ पोल्ट्री निर्माणको काम धमाधम भइरहेको छ ।
उल्लेखित प्रतिफलमा त्यो समयको लगानीले मात्रै मीनालाई र उनको परिवारलाई यो सफलतामा पु¥याएको होइन । मीना स्वयम् आफू पनि फार्ममा परिश्रम गरेकी छन् । मीनाले आर्जेको भट्टराई पोल्ट्रीसँगै विस्तारित उत्पादनको श्रेय छोराहरुले मीनालाई दिने गर्छन् । सोहीकारण पनि सबै क्षेत्रको संरक्षकको भूमिकामा छिन् ।
सिर्जनशीलताको अर्को आँगन
२०५२ सालमा मीनाले मुना सिलाई तालिम केन्द्रको स्थापना गरिन् । तालिम केन्द्रबाट हालसम्म हजारौंले सिलाई कटाई तालिम लिएर सिपमूलक क्षेत्रमा रोजगारी पाएका छन् । अधिक स्वरोजगार छन् । ‘मैले स्थापना गरेको तालिम केन्द्रबाट तालिम लिएका यहीं बैदामका दिदीबहिनीहरुको घरमा पनि अझैसम्म एउटा मेसिन छ ।’ उनी भन्छिन्, ‘मेरै तीन नातिनी एक नाति हुर्किए उनीहरु मैले नै सिलाएका भोटो लाएर हुर्किएका हुन् ।’
समाजलाई आर्थिक रुपमा सम्पन्न पार्न सर्वप्रथम परिवारको आयस्तरमा बृद्धि हुनुपर्दछ । परिवारमा जब आयमूलक स्रोतहरु फस्टाउँदै जान्छन् । विस्तारित आवश्यकताका मागहरु पनि परिपूर्ति गर्न सहज हुन्छ । यी पक्षमा मीना दूरदर्शी थिइन् र सिलाई तालिम केन्द्रबाट मीनाले धेरै दिदीबहिनी तथा दाजुभाइहरुको चुलो जलाउने मार्ग प्रशस्त गरिदिएकी हुन् ।
श्रीमानको जागिरे जीवनमा माात्र सीमित नरही घर गृहस्थी कुशलतापूर्वक सम्हालेर पनि पोल्ट्री र सिलाई तालिम केन्द्र उनले सँगसगै सञ्चालन गर्दा विभिन्न आरोह अवरोह पार गर्दै हालको समयमा सामाजिक वातावरणमा मीना घुलमिल छन् । हाल उनी सामुदायिक प्रहरी सेवा केन्द्र बैदामकी उपाध्यक्ष छन् । मितेरी नारी समूहको निवर्तमान अध्यक्ष हुन् । बैदाममा दिदीबहिनीहरु माझ प्रेरणाकी स्रोत मानिन्छिन् उनी । केदारेश्वर महादेव मन्दिरको संरक्षण समितिमा समेत हाल उनी सह–सचिवको भूमिका निर्वाह गरिरहेकी छन् । संस्थागत प्रतिनिधि रहँदा वा आम नागरिकको हैसियतबाट भाग लिने बैठक र कार्यक्रममा दृढता पूर्वक धारणा राख्ने पात्र हुन् मीना ।
चुनौतीमा अवसर लुकेको हुन्छ
मीनाले पोल्ट्री र तालिम सिलाई केन्द्रको काम प्रत्यक्ष हेर्न छोडेको झन्डै पाँच वर्ष हुन लाग्यो । उनले स्थापना गरेको पोल्ट्रीको सम्पूर्ण जिम्मेवारी दुई छोराको काँधमा सुम्पिएकी छन् ।
ठुलो छोरा अशिष आफै पनि भेटेनरी डाक्टर भएकाले ह्याचरी, पोल्ट्रीको व्यवस्थापन दक्षतापूर्वक सम्हालेका छन् । मीनाकै आग्रहमा भेटेनरी डाक्टर पढेका अशिषलाई पोल्ट्री र हिमालयन मिट सपको काममा व्यस्त छन् । रातको २ बजे भएपनि पोल्ट्रीमा कुनै समस्या आएमा उनी आफैं पुग्ने गर्छन । कान्छा छोरो आशिष आर्थिक कार्यभारको जिम्मा लिएका छन् ।
आमाले सानो लगानीबाट सुरु गरेको व्यवसायलाई छोराहरुले हालको समयसम्म ल्याइपुर्याउँदा ५० करोड भन्दा बढी पूँजीको संरचना हाँसिल भएको छ । छोराहरुको लगनशीलता देखेर दङ्ग छिन् मीना ।
‘यहाँको परिवेश राम्रो छैन, मैले पनि छोराहरुलाई विश्वको जुनसुकै देशमा पढ्न पठाउन सक्थे भनेर बाहिर पठाएको भए यो अवस्थामा मेरो एकल प्रयास मात्र सार्थक हुने थिएन,’ उनि भन्छिन्, ‘उत्पादनका साधनहरुमा जोड दिने र लगनशील भएर काम गर्ने हो भने चुनौतीमा अवसर लुकेको हुन्छ भनेर नेपालमै बस्न सुझाए,’ मीनाको दृढतालाई छोराहरुले राम्ररी बुझिदिए ।
आजको समयसम्म पनि मीनाले पछाडि फर्केर हेर्नु परेको छैन । उनी थप्छिन् ‘अभिभावकको काम बाटो देखाइदिने हो बाटो देखाइदिनु पर्दछ, हामीले सोचेभन्दा बढी छोराछोरी राम्रो काम गरेर देखाउन सक्छन्, यो मेरो विश्वास हो ।
सकारात्मक सोचका साथ इमानदारी काम गर्ने जो कोहीले नेपालमै बसेर सुखपूर्वक जीवन यापन गर्न सकिन्छ भन्ने उदाहरणकी एक शसक्त हस्ताक्षर हुन मीना भट्टराई ।
उमेरले जीवनको अर्धशतक पार गरे पनि उनीमा जोश जाँगर मेरेको छैन । श्रीमान्, दुई÷दुई छोरा बुहारी सहित चार नाति नातिनासँगको पारिवारिक सुखसयलमा रमाइरहेकी मीना भन्छिन् ‘जीवनको बाँकी समय समाजका सिर्जनात्मक गतिविधिका खातिर तल्लीन रहनेछु ।’
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.