www.tandavnews.com
Fact ~ In search of truth

तीज गीत ‘सलल पानी’ बजारमा

पोखरा,
ताण्डव न्यूज

यतिखेर बजारमा दिनानुँदिन जसो नयाँनयाँ तीजका गीत आएका छन् । विभिन्न कम्पनीहरुले गीतलाई बजारमा सार्वजानिक गरेका छन् । लामोसमयदेखि जोडीको रुपमा रहेका गायकद्धय तारापति सुवेद र जीवन दाहाल पनि याे पटककाे तीजमा अछुतो रहन भने सकेनन् ।

सुवेदी, दाहाल, रनु गुरुङ र सुस्मिता परियारको स्वरमा तयार भएको गीत ‘सलल बगेर पानी बगेरै होला खै कहाँ जानी’ शिवदर्शन फिल्मस् प्रालिबाट बजारमा आएको छ ।

Batas

जीवन दाहालले लय सिर्जना गरेको उक्त गीतमा प्रेमराज अधिकारीले शब्द कोरेका छन् । बिनोद बाजुरालीले संगीत संयोजन गरेका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा अञ्जली अधिकारी, निर्मल क्षेत्री, अनुप विष्टले कम्मर मर्काएका छन् । राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

गीतमा लय र स्वर दिएका गायक जीवन दाहालले मरेपछि लैजाने केही नहुँदा बाचुन्जेल हाँस्ने, रमाउने गर्नुपर्छ भन्ने सन्देश दिनेको खोजेको बताए ।

Vedio Link :  http://www.youtube.com/watch?v=JHIzlITI5Sk&feature=share

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.