पोखरा
ताण्डव न्यूज ।
पोखरा–८ नागढुङ्गामा रहेको सनसाइन बचत तथा ऋण सहकारी संस्था लि.ले गलत काम गर्ने कर्मचारीलाई कारवाही प्रक्रिया अघि बढाएको छ । ग्राहकले पास बुकमा राख्न दिएको रकम खातामा कर्मचारी सुनिता शर्माले नराखेपछि उनी विरुद्ध सहकारीले कारवाही प्रक्रिया अघि बढाएको हो ।
शर्माको विषयमा संस्थाले थाहा पाउने वित्तिकै कारवाही प्रक्रिया अघि बढाएको सहकारीका म्यानेजर नरेन्द्र मित्रकोटीले बताए । ‘गलत गर्ने कर्मचारीलाई कुनै हालतमा छाडिदैन्,’ उनले भने, ‘संस्थाको नियम अनुसार बोर्ड मिटिङ बसेर हामीले कारवाहीको प्रक्रिया अघि बढाएका छौ ।’ आर्थिक कारोबार गर्ने संस्था भएको हुनाले कुनै पनि कमिकम्जोरी नरहने मित्रकोटिको भनाई छ । ‘सबै रकम जनताको हो, उनीहरु रकम सुरक्षित राख्ने जिम्मा हाम्रो हो, त्यसमा कुनै कमिकम्जोरी रहदैन्,’ उनले भने, ‘संस्थाको कुनै कर्मचारीले गलत गर्छ भने कानुनी दायरामा ल्याउछाँै ।’
नागढुङ्गामा पसल भएकी मनिषा श्रेष्ठ फागुन २७ गते सनसाइन बचत तथा ऋण सहकारी संस्थालिमा खाता खोलेकी थिईन् । श्रेष्ठकहाँ रकम उठाउन आउने सहकारीका कर्मचारी सुनिता शर्माले रकम उठाएर खातामा नराखेको पाइएपछि सहकारीले कारवाही प्रक्रिया अघि बढाएको हो ।
सहकारीका अनुसार शर्माले यसअघिपनि गल्ती गरेको पाइएको छ ।
याे पनि पढ्नुहाेस्
सनसाइन सहकारीमा रकम घोटाला
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.