www.tandavnews.com
Fact ~ In search of truth

अग्रगामी राष्ट्रको, भासिँदो भाषा

आज विश्वभर ‘परिचय’को नाममा विध्वंस मच्चिरहँदा, त्यही परिचयको खातिर, जसले संसारलाई चिर परिचित तुल्यायो । अहम् बिनाको अक्षर कोर्ने प्रयास जारिरहनेछन्, अंग्रेजी भाषाप्रेमिका लागि ‘वर्ड्स अगेन्स्ट वार’ !

नेपालकै एक नमुना साहित्यिक महोत्सवमा सरिक भैरहँदा, मञ्चासीन महानुभावहरुको कुरामा मस्त–मगन भएर मुक्तकण्ठले प्रशंसा गर्दै सप्तरंगी टेन्ट छिचोलेर आएको जाडो यामको घामलाई अंगाल्दै गर्दा कहिँ कतैबाट निकै चिसोपन मन सम्मै छिरेको अनुभुति भयो ।

त्यो कुनै फेवातालको चिस्यानले ल्याएको चिसो बतासको उपज थिएन । बरु थियो, नेपाली भाषा प्रतिको अतिनै हृदयश्पर्शी तीरको प्रभाव । जसलाई छेडीएको थियो वरिस्ठ साहित्यकार कृष्ण धाराबासीको मौखिक वाणबाट ।

अनुवाद भन्ने वित्तिकै अंग्रेजी मात्र सोच्ने हाम्रो समाज आफैंमा वाक्यांश एक तर अर्थ अनेक थियो । हुन त नेपाल विविधताको पर्यावाची नै हो । जहाँ लाखौं बहुसाँस्कृतिक परम्परा अनि भेशभूषा जीवन्त थिए र छन् । तर विडम्बना, रहलान भन्ने वातावरण भने अब रहेन ।

बरु, स्वदेशी अनि मातृभाषाको आवश्यक ठाउँमा उचित प्रयोग गर्न नजान्दा, सामाजिक सन्तुलनमा ठूलो धक्का लाग्न थालेको महशुस व्यापक रुपमा भएको छ । जसले गर्दा राष्ट्रियस्तर मै केही विवाद चुलिदैं गएका छन् ।

नेपालको राष्ट्रिय भाषा, छिमेकी मुलुक भारतको ८ औँ औपचारिक भाषा अनि दक्षिणी भुटानको अग्रणी भाषाको रुपमा स्थापित नेपाली भाषाको प्रयोग विस्वभर हुने गरेको छ । परापूर्वकालदेखि प्रयोग हुने ‘गोर्खाली भाषा’ अथवा ‘खस कुरा’ को मुहान पश्चिमी नेपालको जुम्ला जिल्लालाई मानिन्छ ।

पछिल्लो समयको तथ्यांक हेर्ने हो भने, अन्य मुलुकहरुमा समेत नेपाली भाषा प्रतिको मोह केही हदसम्म बढ्दै गएको छ । यद्यपी आफ्नै देशमा भने अत्यावश्यक अंग्रेजीको अनवरत प्रभाव अलावा अरु केही भेटिदैन ।

२०१८को जूलाईमा प्रकाशित एक प्रतिवेदन लाई आधार मानेर हेर्दा, छिमेकी मुलुक चिनमा मात्रै तीन प्रख्यात विस्वविद्यालयमा नेपाली भाषाको कक्षा सञ्चालनमा ल्याइएको छ ।

यहाँसम्म आइपुग्दा, बोलीचालीको माध्यमको रुपमा प्रयोग हुने जुनसुकै भाषालाई पर्दाबाहिर ल्याएर नियालिरहनु पर्ने कुनै आवस्यकता सायदै रहन्थ्यो । तर, भाषासँगै जोडिएका अन्य विषयले निम्त्याएका विविध समस्याहरुको समय सान्दर्भिक समाधान खोज्ने प्रयास गर्नु आजको आवश्यकता अनि भोलिको संघर्ष हो ।

हरेक कुरामा पहिलो हुने वा भनौं अग्रपंक्तिमा रहने नेपालीको आजको क्षणिक स्वभाव नभै पुर्खौली आचरण हो भन्दा फरक नपर्ला । तर ती सबै अग्रपन कति जायज अनि कति नाजायज भन्ने कुरा आजको पुस्ताले निक्यौल गर्नुपर्ने आवश्यकता खड्किएको छ ।

Lama collectio News Middle

कथित आधुनिक युगको भुमरीमा फँसी, वास्तविक आधुनिकताको वहावमा बग्न खोज्नु एउटा पाटो हो भने आफ्नो बहुमुल्य संस्कृति अनि परम्पराको अवमुल्यन गरी पश्चिमी संस्कृतिको खोक्रोपनलाई अन्धाधुन्ध अनुशरण गर्नु अर्को पाटो । अनि यि दुवै पाटोलाई जोड्ने माध्यम बनेको छ उही अत्यावश्यक अंग्रेजी भाषा । जसको प्रयोजन नै हाम्रा लागि विकासको आधार बनेको छ । अनि एउटा व्यक्तिगत सक्षमताको मापन माध्यम ।

गत एउटा कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन मगरको अति गहन विचार सुन्ने अवसर जुर्यो । त्यो पनि एउटा प्रतिस्ठित शिक्षण संस्थामा रहँदा, जहाँ अँग्रेजी बोल्नेलाई अग्रणी सोच्ने समाजले नै सरकारी र प्राइभेट विद्यालयमा अध्यनरत विद्यार्थी माझ विभेद ल्याएको प्रसङ्ग मन्थन गरियो ।

अझ भनौं, मातृभाषाको प्रयोजनबाट अत्यावश्यक प्रारम्भिक शिक्षा हाँसिल गर्ने समयमा, अञ्जान अंग्रेजीको बुझो लगाएर एउटा बालकको सिक्ने क्षमता मै असर पु¥याउनु अपाच्य प्रयास पक्कै हो । जसका कारण आधारभुत सामाजिक ज्ञान लिन नसकी भविष्यमा विकृतिको सिकार बन्ने सम्भावना प्रवल हुँदै गएको अनि दिनहुँ, बलात्कार, झैझगडा जस्ता सामाजिक अपराध मौलाउँदै गएको तीतो यथार्थ हामी माझ छदैँछ ।

केही महिना अगाडी नेपाली भाषानै किन महत्वपूर्ण भन्ने सन्दर्भमा प्रकाशित एउटा लेख देखे पश्चात् मनमा केही राहत मिल्यो । अनि लाग्यो, ईतिहास देखि वर्तमान सम्म बुझेर भविष्यको आँकलन गर्ने जमात भने विलय भएको रहेनछ ।

जसरी आज हरेक वेदका कुरालाई आधुनिकताबाट पुष्टी गर्दै विकसित देशहरु लागिपरेका छन् । अनि हामी केवल वेद अनि संस्कृत भाषा हाम्रै हो भनि गर्व गर्दा गर्दै गलिरहेका छौँ । त्यसरी नै जाँदा अबका केही दशकमा शब्द कोषलाई खोज्दै संग्राहलय चाहार्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।

जन्मजात ज्ञान लिएर धर्तीमाताको काखमा आइसके पश्चात् केही सिक्नु नपर्ने मनुष्य, यो कलियुगमा सायदै होलान । तर बचपन अनि युवावस्थामा, अझ भनौं वास्तविक ज्ञान आर्जन गर्ने कलिलो उमेरमा त्यो कुमालेको माटो जस्तो मगजमा पहिलो पाठशाला अर्थात घरका गुरुहरुलाई नै थाहा नभएको आयातित भाषामा नानीहरुलाई जर्वजस्ती ठूलो मान्छे बनाउने रहरको लहैलहैमा धेरै ज्ञान दिलाउन खोज्नु अज्ञात अपराध शिवाय अरु के होला ?

कटु सत्य यो हो कि अंग्रेजी भाषा, जनसंख्याको आधारमा, आफैमा सबैभन्दा धेरैले प्रयोग गर्ने भन्दा पनि तेस्रो ठूलो बोलीचालीको भाषा मात्र हो । र पनि आज यसको नेपाली भूमिमाथीको प्रभाव व्याख्या गरिनसक्नु छ । घत लाग्ने तथ्य त चर्चित नेपाली साहित्यकारहरुको झुण्ड पनि यो प्रभावबाट अछुतो छैन । किनकी हरेक अनुवादकको अग्रपंक्तिमा आयातित अंग्रेजी नै परेको छ र परिरहला पनि !

भाषा आफैँमा दोषी पक्कै होइनन् । तर प्रयोजनको तवरमा पुनर्विचार गर्नुपर्ला कि भन्ने प्रश्न मात्र हो ।

विकासशील विश्वको गतिमा हुइँकिने बहानामा, पुर्णरुपमा पश्चिमेली श्रोतसाधन तथा भाषा–संस्कृतिको अनुसरण गर्नमा अग्रसर हुनुभन्दा शिक्षित अनि सभ्य जनशक्तिको उत्पादनका निमित्त आधारभूत शिक्षा नेपाली वा कुनै मातृ भाषामा अध्यापन गराउने वातावरण सरकारी स्तरबाटै गर्न अविलम्व नलागे बारम्बारको भूकम्पबाट बाँचेको नेपाल पश्चिमेली शक्तियुक्त भाषिक कम्पनले निम्त्याउने भूकम्पमा परेर भासिँने सम्भावनाबाट जोगिएला भन्न सकिँदैन ।

इमेल : [email protected]

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery