www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ नगरपालिकामा १० महिनामा २ करोड ३४ लाख राजस्व संकलन

अर्जुन कार्की,
ताण्डव न्यूज

बागलुङ जिल्लाको बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षको १० महिनामा २ करोड ३४ लाख ८३ हजार २ सय ३८ रुपैयाँ राजस्व संकलन गरेको छ ।

नगरपालिकाले चालू आ.व. २०७५÷०७६ मा रु. ४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । नगरप्रमुख जनकराज पौडेलले आकांक्षा अनुसार लक्ष्य अनुरुपको राजस्व संकलन नभएको बताए ।

Batas

उनले राजस्व संकलन गर्न अझै २ महिना बाँकी रहेको र उक्त दुई महिनामा धेरै राजस्व संकलन हुन सक्ने बताए ।

नगरपालिकाले श्रावण महिनामा १८ लाख १० हजार २ सय ६८ रुपैयाँ, भाद्र महिनामा १३ लाख २७ हजार १ सय ५९ रुपैयाँ, आश्विन महिनामा ३२ लाख २ हजार ८ सय १८ रुपैयाँ, कार्तिक महिनामा १९ लाख ४६ हजार ९ सय ५९ रुपैयाँ, मंसिर महिनामा २७ लाख ५० हजार १ सय २९ रुपैयाँ संकलन भएको छ ।

यस्तै पौष महिनामा २९ लाख ६७ हजार ६ सय ८० रुपैयाँ, माघ महिनामा ३० लाख ६७ हजार ६ सय ६ रुपैयाँ, फागुन महिनामा १७ लाख ९ हजार २ सय ३४ रुपैयाँ, चैत्र महिनामा २० लाख ७६ हजार ८ सय ६१ रुपैयाँ, बैशाख महिनामा २६ लाख २४ हजार ५ सय २० रुपैयाँ राजस्व संकलन भएको नगरपालिको जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.