www.tandavnews.com
Fact ~ In search of truth

सिद्धगुफाभित्र काव्य वाचन

तनहुँ ।

तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफाभित्र सेतीकाली साहित्य संगमद्वारा आयोजित २८ औँ काव्य शृङ्खला सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० नयाँ पर्यटकीय गन्तव्यका रुपमा सो गुफालाई सूचीकृत गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले गुफाभित्र काव्य शृङ्खला सम्पन्न गरिएको संगमका अध्यक्ष नारायणकैलाश सिग्देलले जानकारी दिए । ‘नगर क्षेत्रभित्रका विभिन्न पर्यटकीयस्थलमा पुगेर काव्य शृङ्खला आयोजना गर्दै आएका छौँ’, उनले भने, ‘यसपटक भने पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गुफाभित्रै कार्यक्रम गर्यौँ ।’

साहित्यकार अर्पिता पाण्डे, सुष्मा चालिसे, हरिप्रसाद सुवेदी, हरिबोल लम्साल, दिनानाथ पराजुली, रामशरण गैह्रे, रोशनी थापा, धु्र्रव सुवेदीले कविता, गजल, हाइकुलगायतका सिर्जना वाचन गरेका थिए । भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्दै संगमले काव्य शृङ्खला गर्दै आइरहेको छ ।

सिद्धगुफा विकास समितिले केही दिनअघि मात्रै नेपाल भ्रमण वर्षको औपचारिक शुरुआत गरेको थियो ।यस क्रममा गुफामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । गुफा जाने बाटोमा फलामको बारसहितको सिँढी, प्रतीक्षालय, वनभोजस्थल र पार्किङस्थल निर्माण गरिएका छन् ।

Lama collectio News Middle

सो मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त ३६ लाख, समितिको छ लाख र सहयोगबाट उठेको १० लाख गरी ५२ लाखको लागतमा पूर्वाधार निर्माण गरिएको छ ।

समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही अनुसार समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र सिद्धगुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमि दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीनवटा शौचालय, पानीको दह निर्माण गरिसकेको छ ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो सो गुफामा चार तल्लाको रहेको छ । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० अटाउने ठाउँ छ ।

दोस्रो तलामा ६० र तेस्रो तलामा ५० मानिस अट्न सकिन्छ । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तल्लाको ढोका भने चुनको रसायनले बन्द भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery