www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइडमा ‘अवैध धन्दा’ गरिरहेको ‘हार्ट एण्ड टियर्स’लाई कारवाही

पाेखरा
ताण्डव न्यूज ।

पोखरा ६ लेकसाइडमा अवैध धन्दा गर्दै आइरहेको हार्ट एण्ड टियर्स कारवाहीमा परेको छ । ट्राभल्स एण्ड टुर्समा दर्ता भएको यस कम्पनीलाई शुक्रबार यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेश पोखराले कारवाही गरेको हो ।

सवारी व्यवस्थापन ऐन बर्खिलाप यस कम्पनीले निजी सवारी भाडामा दिँदै आएको थियो । यस कम्पनीका संचालक विदेशी हुन् । ‘म्याट’ र ‘जो’ नाम गरेका विदेशीले विभिन्न प्याकेजको प्रलोभनसहित बाइक भाडामा दिँदै आएका थिए ।

Batas

ताण्डव न्यूजले यसबारे समाचार प्रकाशन गरेपछि जिल्ला ट्राफीक कार्यालय कास्की, यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेश पोखरा, अध्यागमन कार्यालय पोखरा र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त टोलीले तालाबन्दी समेत गरेको थियो ।

यातायात कार्यालयले उक्त कम्पनीमा रहेका १७ वटा बाइक गैरकानुनी रुपमा भाडामा दिइएको ठहर्दै ५ हजारका दरले ८५ हजार रुपैंया जरिवाना गरेको छ । ‘हामीले प्रति बाइक ५ हजारका दरले जरिवाना गर्यौँ । १७ वटा बाइक रहेछन्’ यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेश पोखराका निमित्त प्रमुख श्रीप्रसाद अधिकारीले भने ।

जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख तथा इन्सपेक्टर सन्तोष रोकाले जानकारी प्राप्त गर्नासाथ एक्सन लिएको बताए । बाइक पुनः भाडामा दिइए कानुन अनुसार थप कारवाही गरिने उनले प्रष्ट्याए ।

यता, अध्यागमन कार्यालय पोखराका निमित्त प्रमुख चेतराज आचार्यले अध्यागमन कार्यालय काठमाडौंमा यसबारे पत्र पठाइसकिएको बताए ।

सम्बन्धीत न्यूज

विदेशीको अवैध धन्दा मा प्रशासनको ताला

लेकसाइडको त्यो गल्ली, जहाँ चल्छ विदेशीको ‘अवैध धन्दा’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.