www.tandavnews.com
Fact ~ In search of truth

नेतृ शर्माद्वारा प्रेस युनियन कास्कीलाई मास्क र सेनिटाइजर सहयोग

पोखरा।

नेपाली काँग्रेस कास्कीकी नेतृ सीता शर्माले प्रेस युनियन कास्कीलाई मास्क र सेनिटाइजर सहयोग गरेकी छिन् ।

पोखरा ५ निवासी नेतृ शर्माले सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा उक्त सामाग्री सहयोग गरेकी हुन् ।

Batas

कोरोना महामारीका बेला खटिएका सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर प्रदान गर्नका लागी उनले प्रेस युनियन कास्कीलाई ति सामग्री सहयोग गरेकी हुन् । उनले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र कोषाध्यक्ष विजय लम्साललाई ति सामग्री हस्तान्तरण गरेकी थिइन् ।

नेपाली काँग्रेस कास्कीका नेता विजयराज आचार्य, फणिन्द्र पराजुली, नेपाल औषधी व्यवसायी संघ गण्डकी उपाध्यक्ष झलक शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् यज्ञराज पौडेलको उपस्थितिमा ति सामग्री हस्तान्तरण गरिएको थियो ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.