www.tandavnews.com
Fact ~ In search of truth

अनलाइनमार्फत कृषक वर्गीकरण गर्दै पोखरा महानगरपालिका

पोखरा ।

पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकको वर्गीकरण गर्ने भएको छ । महानगरमा भित्रका कृषकलाई परिचयपत्र वितरण गर्नका लागि अनलाइनमार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

कडरियाका अनुसार महानगरले तयार पारेको वेबसाइट https://apms.pokharakrishi.com मा राखिएको अनलाइन दर्ता फारम भरेर कृषक सूचीकृत हुन सक्नेछन् । कृषकले सबै विवरण घरमै बसेर मोबाइलबाटै पनि भर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ ।

Batas

फारममा कृषकको सम्पूर्ण विवरण भरेर पेश गरेपछि उक्त विवरणकै पहिचान गर्न सहज हुने उनको भनाइ छ । कोरोना भाइरसको महामारीका बेला कार्यालयमा भीडभाड गर्नुभन्दा अनलाइनबाट काम गर्दा छरितो हुने विश्वास गरिएको छ ।

कडरियाले कृषि क्षेत्रमा संलग्न कृषकलाई संलग्न तालिकामा दिइए अनुसारको विवरण अनलाइनबाट भर्न कृषकलाई अनुरोध गरिएको छ । कृषकले पेश गरेको विवरण सम्बन्धित वडाले रुजु गरी सिफारिसका साथ महानगर कृषि तथा पशु विकास महाशाखामा पठाउने र सम्बन्धित किसानले परिचयपत्र नं र वर्गीकरण सहितको कार्ड प्राप्त गर्नेछन् । उक्त कार्यविधिमा केही परिवर्तन भएकाले विगतमा कार्ड लिएका कृषकले पनि पुनः फर्म भर्न उनको आग्रह छ ।

महानगरप्रमुख मानबहादुर जिसीले स्मार्ट महानगरको अवधारणासहित अघि बढेको जनाउँदै प्रविधिको प्रयोग गरेर कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न अनलाइन प्रविधिमा जोड दिएको बताए । कृषि क्षेत्रको समग्र विकासका लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापन गरी वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्वपूर्ण रहने उनको विश्वास छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.