www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२६मा अवैध रुपमा माटो उत्खनन् , वडा बेखबर

पोखरा
ताण्डव न्यूज ।

कास्की लम्जुङ जोड्ने राखी– मिजुरे ग्रामिण सडकखण्ड अन्तर्गत पोखरा महानगरपालिका वडा २६ स्थित अवैध रुपमा माटो उत्खनन् भैरहँदा वडा बेखबर बनेको छ ।

सडक चक्लाउने र पहिरोको माटोलाई व्यवस्थित गर्ने बहानामा कालिकाचोक देखी नारेश्वरको भिरसम्म अवैध रुपमा माटो उत्खनन् गरी अन्यत्र स्थानमा निकासी गर्दा समेत वडा र महानगरपालिका बेखबर बनेको हो । स्थानियका अनुसार सडक बिस्तारको ठेक्का रामहरी ढुङ्गानाले पारेका थिए । तर अहिले उनीहरुको मेसिन प्रयोग गर्दै बाटो चक्लाउन  कालिकाचोक –थुमा सडक निर्माण समितिले समन्यव गर्दै आएको छ ।

Batas

‘पहिरो आको माटो उहाँले बाटोमा नपुरिकन लानु भो हामीले रोकेम् , वडा अध्यक्ष मेयरलाई टेरपुच्छर नलाएर लगेको भन्ने बुझियो । यो कुरा मेयरलाई पनि थाहा छ । हटलाईनमै फोन गरेका हुन’्, स्थानियले ताण्डव न्यूजसँग भने, ‘चार दिनसम्म कालिका सम्म पुरिदिन्छु भनेर त्यहाँ सम्म बाटो सम्माउने काम भो । टेण्डरको पैसा निकाल्नको लागि त्यतिसम्म पुर्नु भो, अहिले चाँही त्यो बाटो छोडेर २६ मा पर्ने कालिका चोक देखी माथि डाडाँसम्म अवैध उत्खनन् भाछ र यो वडा भन्दा बाहिर गाछ ।’

स्थानियले सो क्षेत्रको अवैध धन्दाबाट कस्केली मात्र नभई लम्जुङबासी समेत प्रभावित बनेको बताए । उनीहरुका अनुसार ठेकेदारले पीच सडकमा पानी नहाली माटो उत्खनन गरी चाँउथे क्षेत्र र विजयपुर खोला नजिक जग्गामा फिलिङ गर्दै आएका छन् ।

त्यस्तै अर्का स्थानियले उक्त स्थानबाट माटो निकासी गरी ८ देखी १० वटा टिप्परले अन्यत्र तर्फ लगी व्यापार गरेको बताए । ‘बाटो समितिले ७ किलोमिटर टाढा लगेर माटो बेच्छ भन्या?, बाटो चाक्लो बनाउदै गर्दा त्यही फिलिङ गर्नुपर्ने छ, उनले भने, ‘त्यो बाटोमा दुईवटा गाडी क्रस हुनका लागि त्यहाँ काटेकोले मात्र नपुगी अन्तबाट माटो ल्याएर पुर्नपर्ने अवस्था छ । अहिले त्यहाँ भको माटो बाहिर बेच्ने भोली त्यहाँ माटो चाहिदा कहाँबाट ल्याउने भन्ने कुरा आउँछ ।’ उनका अनुसार अहिले विवाद रहित स्थानमा माटो उत्खनन् हुदै आएको छ ।

यता पोखरा २६ का वडा अध्यक्ष नारायण प्रसाद बरालले भने कसले माटो निकासी गर्याे भन्नेबारे बेखबर रहेको तर्क दिए । ‘त्यहाँका समितका साथीहरुले बाटो बिस्तार गर्दैहुनुहुन्छ, अध्यक्ष बरालले भने, ‘आवश्यक परेको त्यही फिलिङ गर्दैहुनुहुन्छ बढि भको डम्पिङसाईट तिर लग्या होलान् ।’

कालिकाचोक –थुमा सडक निर्माण समितिले उक्त सडक बिस्तार गर्ने काम गरेको बताउदै ठेकेदारले माटो निकासी नगरेको अध्यक्ष बरालले बताए । ‘हाम्रो ज्यादै साघुँरो भो बाटो पुरानो ५५÷५६ सालमा बनेको बेला बेलामा मर्मत गरेको बाटो हो । पहिला निर्वाह भथ्यो अहिले ठुला गाडी हिड्न थाले एउटा आएपछि अर्काे क्रस गर्न नसकिने अवस्था आयो । त्यही भएर त्यही फिलिङ गर्नुछ । मेरो ख्यालमा धेरै बाहिर गछैन होला । तर अरु कुरा थाहा छैन ।’

तर बाटो समितिका अध्यक्ष बाला गौतमले भने ताण्डव न्यूजसँग कुरा गर्दै ठेकेदारको समेत मेसिन प्रयोग भएको स्वीकार गरे । उनले महानगरपालिकाबाट सो सडक बिस्तारको लागि २ करोड बजेट विनियोजन भएको बताउदै भने, ‘हामीले काम गर्दाखेरी नपुग्ने भयो कटिङ गरिदिने, नाला बनाईदिने, खाल्डाखुल्डी पुरिदिने र उघ्रेको माटो उसले पनि खर्च गरेछ उलेनी लाने भन्ने सर्तमा गरेको हो । सरकारको पनि बचोस हाम्रो पनि खर्च नहोस भनेर महानगरबाट कुरा आको हो ।’ अध्यक्ष गौतमले ठेकेदारको बारेमा बोल्न नचाहदै भने, ‘ठेकेदार पनि हो अथवा कोही व्यक्ति हो तपाई महानगरबाट बुझेर आउनुस ठिक हुन्छ ।’

उनले विकासमा अवरोध खडा हुदैआएको तर्क दिदै भने, ‘हाम्रो विकासमा अवरोध चाँही हर ठाउँमा खडा हुन्छ । सबै चाँही बेचेर धनि हुन्छ भन्ने छैन गए जमाना । रामहरी पनि हुन् कि ओम भन्ने नि छन्  यी दुईटा मिलेकी ? मलाई त थाहा भएन । अहिले ओम मात्रै छन् । डोजर रामहरीको पनि छ । तर माटो कहि खेर गछैन कसैले लाननी पाउँदैन कसैले खल्तीमा हाल्ननी पाउँदैन ’ बरालले भने ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.