www.tandavnews.com
Fact ~ In search of truth

गाउँ चिनाउने सालैजो ‘खुर्कोट घुम्न जाउँ’

पोखरा
ताण्डव न्युज ।

पछिल्लो समय गीत संगीतको माध्यमबाट गाउँघरको चिनारी दिन थालिएको छ । गायक गंगाराम परियारले आफू जन्मेको ठाउँ खुर्कोटलाई सालैजो गीत मार्फत विश्व बजारमा चिनाउन खोजेका छन् ।

खेम सेन्चुरीको भाकामा गायक परियारलाई बिमाकुमारी दुराले स्वरमा साथ दिएकी छन् । गीतमा जयराम परियारले शब्द कोरेका छन् ।

Batas

गीतको भिडियो कुश्मा नगरपालिका–२ खर्कोट मै गरिएको छ । दिलिप रेग्मीले निर्देशन गरेको भिडियोमा जुना गुरुङ, गंगाराम परियार, कुमार पुन र अन्जली परियारले अभिनय गरेका छन् । गीतमा कमल एलेक्स र किसान विसीको छायांकन र सम्पादन रहेको छ । 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.