www.tandavnews.com
Fact ~ In search of truth

पर्वत:छ मुख्य सडक कालोपत्रका लागि डिपिआर

पर्वत ।

महाशिला गाउँपालिकाले मातहतका छ वटा मुख्य सडकको डिपिआर तयार गरेको छ ।

गाउँपालिकाभित्र बाह्रैैमास सडक सुविधा पु¥याउने उद्देश्यले सडक स्तरोन्नति तथा कालोपत्र गर्नका लागि छ वटा सडकको डिपिआर तयार गरेको हो । पालिकाका सबै वडामा पुग्ने गरी ‘एक वडा, एक सडक’अन्तर्गत उक्त सडकको डिपिआर गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

Batas

छवटा वडामा पहुँच पु¥याउने गरी करिब ४८ किलोमिटर लामो सडकको डिपिआर गरिएको गाउँपालिकाका प्रवक्ता उच्चैले जानकारी दिए । उनका अनुसार डिपिआर गरिएका सडकको कालोपत्र गर्नका लागि करिब दुई अर्ब ५० करोड लागत अनुमान गरिएको छ ।

डिपिआर सम्पन्न भएका सडकको कालोपत्र तथा स्तरोन्नतिका लागि प्रदेश तथा संघीय सरकारबाट बजेट माग गर्ने र स्थानीय सरकारले साझेदारी गर्ने योजनासमेत बनाइएको छ ।

गाउँपालिकाले वडा नं १ होश्राङ्दीमा अगाहगडी– पैयुभञ्ज्याङ सडक, वडा नं २ भोक्सिङमा सालडाडा–खोलाखर्क–पाखुरेडाँडा सडक, वडा नं ३ बालाकोटमा हिरुखर्क–निगाली–दियालीडाँडा–बारेडाँडा सडकको डिपिआर सम्पन्न गरेको हो ।

यसैगरी वडा नं ४ पाखापानीमा लाम्तुन–दर्जीडाँडा–थापथर, वडा नं ५ लुङ्खुदेउरालीमा लुङ्खुदेउराली–बान्द्रे–धनुमासे–सेरा सडक र वडा नं ६ फलामखानीका लागि घण्टेदेउराली–फलामखानी–घन्तरी सडकको डिपिआर तयार गरेको प्रवक्ता ठकुरीले जानकारी दिए ।

यस वर्ष पालिकाले आफ्नै लगानीमा पाँच किलोमिटर सडकको कालोपत्रको काम अघि बढाएको छ भने दक्षिण पर्वत जोड्ने लमाय–लुङ्खु र लुङ्खुबाट पैँयुको हुवाससम्मको सडक समेत कालोपत्रको काम भइरहेको छ । डिपिआर गरिएका सबै सडक कालोपत्र भएपछि गाउँपालिका सडकयुक्त हुने अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.