www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः ४३८ संक्रमित हुदाँ २६९ जना निको भए

कास्कीका ४ सहित ७ संक्रमितले गुमाए ज्यान

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्ला केही हप्तादेखि कोरोना संक्रमणमुक्त हुनेको संख्यामा कमी आईरहेको छ । भने संक्रमण हुनेको संख्या घटीरहेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ४३८ संक्रमित थपिदाँ २६५ जना मात्रै संक्रमणमुक्त भएका छन् ।

हिजो ४१७ जनामा संक्रमण पुष्टि हुदाँ २९४ जना निको भएका थिए ।थपिएका संक्रमित सँगै प्रदेशमा संक्रमित हुनेको संख्या ६२ हजार ३ सय ६१ पुगेको छ । भने निको हुनेको संख्या ५८ हजार २ सय ९३ रहेको छ ।

Batas

संक्रमित हुनेमा कास्कीका १७९ ,मनाङका ७, म्याग्दीका २०,पर्वतका ३ ,गोरखाका २०,लमजुङका २५,तनहुँका २०,बागलुङका ६१, स्याङ्जाका २९ र नवलपरासीका ७४ जना रहेका छन् ।२०८ महिला र २३० पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा ७ संक्रमितले ज्यान गुमाएका छन् । कास्कीका ४, स्याङ्जाका १, म्याग्दीका १ र लमजुङका १ गरि संक्रमणबाट ७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । यो सगँै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०३८ पुगेको छ ।

हाल प्रदेशमा ३ हजार ३० सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ८९१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.