www.tandavnews.com
Fact ~ In search of truth

एमसिसीबारे बुझाएर कांग्रेसको पक्षमा भोट माग्नुपर्छ ः वरिष्ठ नेता पौडेल

दमौली।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीबारे सत्यतथ्य बुझाएर कांग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसिसी पास गर्ने कांग्रेस हो भनेर जनतामाझ जानुपर्ने र कांग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गरे । एमसिसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै उनले भने, “कांग्रेसले एमसिसी पास ग¥यो, त्यही कारण कांग्रेसलाई भोट देउ भनेर जनतामाझ जानुपर्छ ।” एमसिसी परियोजनामार्फत उत्पादन हुने बिजुली बेचेर नेपाललाई धनी बनाउन सकिने उनको भनाइ थियो ।

नेपालको गरिबी अन्त्यका लागि एमसिसी परियोजना सफल हुने उल्लेख गर्दै नेता पौडेलले एमसिसीको विरोध गर्नेहरु राष्ट्रघाती भएको आरोप लगाए । “देश विकास गर्ने पार्टी कांग्रेस हो, देशलाई कांग्रेसले मात्रै बलियो बनाउँछ,” पौडेलले भने, “देशको भविष्य सोचेर कांग्रेसले दूरदर्शी निर्णय गरेको छ । यही कुरा जनतालाई बुझाउनुपर्छ ।”

Batas

कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति विषेश्वर खनाललगायतले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.