पोखरा,
ताण्डवन्यूज ।
विगत ३० बर्षदेखि ग्राहकहरुलाई सेवादिँदैआएको ओपन हाउस रेष्ट्रो एण्ड बारले आफ्नो ३१ औं बार्षिकोत्सवको अवसरमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।यहि साउन १० गतेदेखि ३२ गतेसम्म आफ्नै भवनमा कार्यक्रमको आयोजना हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
बार्षिक उत्सवको अवसरमा शुक्रबार र शनिबार विशेष अतिथि कलाकारहरु सहित कार्यक्रम हुने सञ्चालक सुरेश गुरुङले बताए । ‘साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन्, उनले भने, ‘ओपन हाउस गीत संगीतलाई प्रोत्साहन गर्ने सँस्था हो, त्यसकारणले हामीले स्थानीय कलाकारहरुलाई नै समावेश गरेकाहौ ।’
साँस्कृतिक कार्यक्रम अन्तर्रगत साउन १० गते प्रयत्न श्रेष्ठ, ११ गते निलिमा थापामगर, साउन १७ गते लेकाली ब्याण्ड, १८ गते बिक्रम बराल, साउन २४ गते देउराली ब्याण्ड, २५ गते गौतम गुरुङ एण्ड प्रकाश राना, ३१ गते ड्यामेज ग्लीटर्सले, ३२ गते धर्मेन्द्र सेवान लगायत ओपन हाउसका नियमित कलाकारहरुको बिजोड प्रस्तुति रहने गुरुङले जानकारी दिए ।
कार्यक्रममा ओपन हाउसका संस्थापक विश्वशंकर पालिखेलाई सम्मान गरिनेछ, भने साँगीतिक कार्यक्रम हरेक साँझ ७ः३० बजेदेखि सुरु हुनेछ ।त्यस्तै बार्षिक उत्सवको अवसरमा ओपन हाउसमा आउने ग्राहकलाई वेलकम ड्रिङको व्यवस्था गरेको छ, साथमा विभिन्न गिफ्टहरु समेत प्रदान गरिनेछ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.