www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा चट्याङमा परेर एकको मृत्यु

बागलुङ ।

बागलुङमा अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घर नजिकैको पसलमा आवश्यक सामग्री खरिद गरेर फर्कने क्रममा मंगलबार साँझ अविरल वर्षासँगै परेको चट्याङले लागेर बेहोस भई लडिरेहेका अवस्थामा स्थानीयले उद्धार गरी घरमा राखिरहेको अवस्थामा गएराति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । रासस

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.