www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा पहिरोबाट पाँच घरमा क्षति

पोखरा/ ताण्डव न्यूज ।

अविरल वर्षाको कारण लमजुङका विभिन्न ठाउँमा क्षति भएको छ । जिल्लाको राईनस नगरपालिका–७ गरमवेसी बस्ने विष्णुमाया गुरुङको ढुङ्गा माटोले बनेको धन्सार पहिरोले बगाएको छ । घर भित्र लेदोमाटो पसेकोले बस्ने नसकिने अवस्थामा पुगेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

घरमा बस्न नसकिने अवस्था भएपछि उनको परिवार विस्थापित भएको छ । त्यसैगरी मध्यनेपाल नगरपालिका–४ तिलाहार बस्ने अमृता बि।क।को घर पछाडि पट्टिबाट पहिरो आउँदा घर पुरिएको छ । घरभित्र रहेको अन्नपात, भाडावर्तनमा क्षति भएको छ भने ४ जनाको परिवार छिमेकिकोमा बस्न बाध्य भएका छन् ।

Batas

यसैबीच साथै राईनास नगरपालिका–७ गरमबेशि स्थित अन्य ३ वटा घर समेत पहिरोको जोखिममा रहेका कारण १३ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरी उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । उक्त स्थानमा प्रहरी टोली पुगेर उद्दार कार्यमा खटिईरहेको उनले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.