काठमाडौँ।
सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी र विरोधका कार्यक्रमप्रति सदनको गम्भीर ध्यानाकर्षण भएकोले समस्या तत्काल समाधान गर्न सरकारलाई रुलिङ गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको सुरुमा नै प्रतिपक्षी दल नेकपा एमालेका सांसदले त्रिभुवन विश्वविद्यालयमा भइरहेको राजनीतिक हस्तक्षेपलाई तत्काल हटाउन माग गर्दै सभामुख समक्ष रुलिङको माग गरेका थिए।
बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउदै नागरिकताविहिन हुँदा नेपाली नागरिकहरू विभिन्न व्यवसाय गर्नबाट वञ्चित भएको, कफी खेतीलाई प्रबद्र्धन गर्नुपर्ने, बञ्चरेडाँडा जाने बाटोलाई कालोपत्रे गर्न बजेट बढाउनुपर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका थिए।
रासस
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.