www.tandavnews.com
Fact ~ In search of truth

गजलकार मनु शर्माको कृती “मनको दियो” बिमोचन

ताण्डव न्यूज ।

गजलकार मनु शर्माको कृती “मनको दियो” बिमोचन भएको छ । शनिबार पोखरामा ए क कार्यंक्रमको आयोजना गरि गजल संग्रह मनको दियो र सोही संग्रहमा समाबेस गजल “कस्तो ठाँउमा”को भिडियो बिमोचन गरिएको हो । मनको दियो गजलकार मनु शर्माले आफ्नो ज्येष्ठ सुपुत्रको सम्झनामा लेख्नुभएको कृती हो ।

बिमोचन कार्यक्रमका प्रमुख अतिथी साहित्यकार सरुभक्त श्रेष्ठले कृतीको प्रसंसा गर्दै मनको दियो सधैभरी बलिराखोस भनेर शुभकामना दिनुभएको थियो । उहाँले मनको दियो बिरह,दुख, पिडा, मायाँ, प्रेम, सामाजिक गतिबिधी सबै समेटिएको सुन्दर गजल संग्रह रहेको पनि बताउनुभयो ।

Batas

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै श्रष्टा मनु शर्माले आफुले छोरा गुमाएको दुइ बर्षमा यो कृती जन्माएको बताउनुभयो । आफुले बितेको दुइ बर्षमा भोगेका पिडाहरु लाइ गजलमा उतारेको पनि बताउनुभयो । संग्रहमा संग्रहित गाइएको गजलमा स्वर सजना बास्तोलाले दिनुभएको छ ।

संग्रहमा ९७ वटा गजलहरु समाबेस रहेका छन् । बिमोचन कार्यक्रममा कृती माथीको समिक्षा रिता अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा गजलकार आवाज शर्मा, दिपक समिप लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । साहित्यकार भरतचन्द्र आचार्यको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन गौरी गुरुङ्गले गर्नुभएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.