www.tandavnews.com
Fact ~ In search of truth

ताण्डव न्यूज विरुद्धको मुद्धामा ‘हारिन्’ अमेरिकी नागरिक मिसेल

पोखरा
ताण्डव न्यूज ।

व्यक्तिगत गोपनियता हनन तथा गाली बेईज्जती मुद्धामा ताण्डव न्यूजले सफाई पाएको छ । समाचारमा प्रकाशित सामाग्रीलाई लिएर जिल्ला अदालत कास्कीमा परेको गाली बेईज्जती मुद्धामा ताण्डवले आज (आइतबार) सफाई पाएको हो ।

लर्निङ हाउस प्रालिका सञ्चालक अमेरिकी नागरिक मिसेल अलेक्जेन्द्रा विल्स र रुपन्देही चिल्हिया ३ हाल पोखरा बस्ने ङवाङ छिरिङ तमु गुरुङले ताण्डव विरुद्ध वैयक्तिक गोपनियता हनन र गाली बेईज्जती मुद्धा हालेका थिए ।

Batas

समाचार लेखेकै कारण आफुहरुलाई असर परेको भन्दै ताण्डव न्यूजसँगै लेवल नेक्स्ट नामको विज्ञापन सम्बन्धी काम गर्ने फर्म, राजु बोगटी, ताण्डव न्यूजका सम्पादक अर्जुन गिरी, शिशिर शर्मा, विश्वास घोताने गुरुङ र ताण्डव न्यूजका प्रकाशकलाई प्रतिवादी बनाउँदै द्धयले २०७६ चैत ७ गते मुद्धा दर्ता गरेका थिए । जिल्ला अदालत कास्कीका न्यायधिश प्रकाश खरेलको आजको इजलासले सबै प्रतिवादीलाई सफाई दिएको छ । उक्त मुद्धामा वादीहरुले पेश गरेको दावी नपुगेको फैसलासहित आदेश दिइएको हो ।

ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीले तथ्यसहितको पत्रकारितालाई अदालतको आदेशले न्याय गरेको बताए । ‘हामीले जहिले पनि तथ्य र प्रमाणकै आधारमा समाचार बनाउने हो, प्रकाशन गर्ने हो । उहाँ(मिसेल)को केसमा पनि हामीले प्रमाणसहित समाचार बनाएका हौँ । यो कुरा सम्माननिय अदालतको आदेशले पनि पुष्टि गरेको छ,’ सम्पादक गिरीले भने ।

मिसेलले समाचारमा प्रकाशित विषयबस्तुले गोपनियता हनन र गाली बेईज्जती भएको भन्दै २०७७ साउन १८ गते सेतोपाटी अनलाईनका सम्पादक अमित ढकाल, सेतोपाटीका पोखरा संवाददाता युवराज श्रेष्ठ, एभिन्यूज नेटवक्र्स प्रालि र एभिन्यूजका तत्कालिन गण्डकी ब्यूरो प्रमुख सुमन ढुङ्गानालाई पनि मुद्धा होलेकी थिइन् । उक्त मुद्धामा पनि अदालतले आज वादीको दावी नपुगेको भन्दै फैसला गरेको छ ।

प्रतिवादीहरुको तर्फबाट मुद्धा लडेका कानुन व्यवसायी बि.बि विष्टले अदालत सदैव सत्यको पक्षमा रहने भएकाले गलत मनसायबाट आएका मुद्धाहरु स्वतः पराजित हुने गरेको बताए । ‘सम्मानित अदालतते सम्पुर्ण भ्रामक कुराहरुलाई अस्विकार गरिदिएको छ । अदालत हमेशा सत्यको, न्यायको पक्षमा हुन्छ । यो मुद्धामा पनि अदालतले कानुनको रक्षा गर्दे न्यायको सम्पादन गरेको छ । यसको पुर्ण पाठ आउन बाँकी नै छ,’ विष्टले भने ।

सम्बन्धित न्यूज

५४ लाख रुपैयाँ क्षतिपूर्ति मागसहित ताण्डव न्यूजविरुद्ध मिसेलले हालिन् मुद्दा

‘गैरकानुनी’ काम गर्ने मिसेललाई अमेरिका फर्कन अध्यागमनको निर्देशन

मिसेलको अर्को काण्ड : ‘समाज सेवाको नाममा कमाउ धन्दा’

‘मिसेल काण्ड’ अख्तियारमा फाइल

लर्निङ हाउसको प्रतिक्रिया, हाम्रो प्रमाणसहितको समाचार

मिसेल काण्डःसम्भावित ‘इन्भेस्टिगेसन स्ट्राटेजी’

‘कमाउ धन्दा’ ढाकछोप गर्न ग्रुप गुहार्दै मिसेल

अमेरिकन नागरिक मिसेलबिरुद्ध पोखरामा उजुरी

कानुन बर्खिलाप अमेरिकी मिसेलको ‘कमाउने मिसन’ !

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.