www.tandavnews.com
Fact ~ In search of truth

५४ लाख रुपैयाँ क्षतिपूर्ति मागसहित ताण्डव न्यूजविरुद्ध मिसेलले हालिन् मुद्दा

पोखरा
ताण्डव न्यूज ।

लर्निङ हाउस प्रालिका सञ्चालक अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा विल्स र रुपन्देही चिल्हिया–३ हाल पोखरा–८ बस्ने ङवाङ छिरिङ तमु गुरुङले ताण्डव न्यूज विरुद्ध वैयक्तिक गोपनियता हनन र गाली वेइज्जती मुद्दा हालेका छन् । मिसेल र ङवाङले ५४ लाख ५७ हजार क्षतिपूर्ति समेत ताण्डव न्यूज र प्रकाशक÷सम्पादक अर्जुन गिरीबाट दिलाई पाउँ भन्दै कास्की जिल्ला अदालतमा मुद्दा हालेका हुन् ।

समाचार लेखेकै कारण आफुहरुलाई असर परेको भन्दै क्षतिपूर्ति मागेका हुन् । मिसेल र ङवाङले हालेको मुद्दामा उनीहरुको पक्षबाट पोखरा–३० का ४१ वर्षिय मिलन केसी, पोखरा–८ बस्ने अमित वराल र पोखरा–३ कि ३४ वर्षीया सविता देवी तिलिजा साक्षी बसेका छन् ।

Batas

कास्की जिल्ला अदालतबाट आएको फिराद पत्र असोज ५ गते (हिजो) ताण्डव न्यूजले बुझेको सम्पादक अर्जुन गिरीले बताए । ताण्डव न्यूज विरुद्ध ५४ लाख ५७ हजार क्षतिपूर्ति माग दाविसहित वैयक्तिक गोपनियता हनन र गाली वेइजजती मुद्दा लर्निङ हाउस प्रालिका सञ्चालकद्वय अमेरिकन नागरिक मिसेल र ङवाङले हालेको सम्पादक गिरीले बताए । ‘पत्र हिजो प्राप्त भएको छ, २१ दिन भित्र हामी अदालतमा प्रतिउत्तर पत्र, त्यो पनि प्रमाणसहित पेश गर्ने छौ,’ गिरीले भने, ‘हामीले यस अघि लर्निङ हाउस, सञ्चालकद्धय मिसेल र ङवाङले गरेका कानुन विपरितका कामको बारेमा समाचार प्रकाशन गरेका थियौँ, त्यो पनि प्रमाणसहित ।हामीले मिसेल र उनको प्रालिले गरेको गलत कामको समाचार प्रमाणसहित तथ्यका आधारमा लेखेका थियौँ । हामीले पत्रकारिताको आचारसंहिता उल्लंघन नहुने गरि समाचार लेखेका छौँ ।’

ताण्डव न्यूजले मात्र नभएर अन्य मिडियाले पनि प्रमाणसहित समाचार लेखेकै कारण तत्कालीन अध्यागमन विभागका महानिर्देशक इश्वराज पौडेलले मिसेललाई कारवाही गर्ने मिडियाहरुलाई बताएका थिए । मिसेल बिजनेस भिसामा पोखरा बसेकी थिइन् । तर उनले भिसामा उल्लेख गरे अनुसार काम नगरी ‘गैरकानुनी’ काम गरेको महानिर्देशक पौडेलको भनाई थियो ।

तत्कालीन कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पनि मिसेलले ‘गैरकानुनी’ काम गरेको राय महानिर्देशककहाँ पेश गरेका थिए । सोही अनुसार महानिर्देशक पौडेलले २०७६ चैत्र २४ गते मिसेलको भिषा समय अवधि सकिए लगतै कारवाही स्वरुप अमेरिका फर्काउने बताएका थिए ।

तर देशमा चैत्र ११ देखि लकडाउन भएपछि प्रक्रिया अघि बढेन । तत्कालीन कास्कीका प्रमुख जिल्ला अधिकारी केसी अहिले अध्यागमन विभागका महानिर्देशक छन् ।

सम्बन्धीत न्यूज

‘गैरकानुनी’ काम गर्ने मिसेललाई अमेरिका फर्कन अध्यागमनको निर्देशन

अमेरिकन नागरिक मिसेलबिरुद्ध पोखरामा उजुरी

मिसेलको अर्को काण्ड : ‘समाज सेवाको नाममा कमाउ धन्दा’

‘मिसेल काण्ड’ अख्तियारमा फाइल

कानुन बर्खिलाप अमेरिकी मिसेलको ‘कमाउने मिसन’ !

लर्निङ हाउसको प्रतिक्रिया, हाम्रो प्रमाणसहितको समाचार

मिसेल काण्डःसम्भावित ‘इन्भेस्टिगेसन स्ट्राटेजी’

‘कमाउ धन्दा’ ढाकछोप गर्न ग्रुप गुहार्दैमिसेल

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.